हुम्लाको अदानचुलीमा नेपाली कंग्रेश द्धारा बृहत्त आम सभा सम्पन्न

  • नमस्ते कर्णाली

  • नेपाली कंग्रेशले हुम्ला जिल्लाले सबै गाउँपालिकाहरुमा बृहत्त आमसभा गर्ने क्रममा आइतबार अदानचुली गाउँपलिकामा सम्पन्न गरेको छ ।नेपाली कंग्रेशका केन्द्रीय सदस्य समेत रहेका कर्णाली प्रदेश सरकार प्रमुख प्रतिपक्ष दलका नेता जिबन बहादुर शाहीको नेतृत्वमा अदानचुली गाउँपालिकामा बृहत्त आम सभा सम्पन्न भएको नेपाली कंग्रेशले जनाएको छ ।


    पुष ५ गते प्रतिनिधि सभाको बिगठन भए सँगै गाउँ गाउँमा सबै पाटीहरुले आमसभा,हडताल तथा बिरोधका कार्यक्रम गर्ने क्रममा नेपाली कंगे्रशले हुम्ला जिल्ला सबै गाउँपालिकाहरुमा बृहत्त आम सभा गर्न लागेको हो ।
    अदानचुलीको बृहत्त आम सभालाई सम्बोधन गर्दै नेता शाहीले प्रतिनिधि सभाको बिगठन असंबैधानीक भएता पनी नेपाली कंग्रेशले सर्बोच्च अदालतले गरेको फैसलालाई स्वीकारेर अगाडी बढ्ने बताउनु भएको छ । अदालतको फैसलालाई स्वीकारेर ताजा जनादेशमा जानु पर्ने भए पनि आफ्नो पाटी तयार रहेको तथा यदी प्रतिनिधि सभा पुन स्थापना भए पनि सोही अनुसार अगाडी बढ्ने बताउनु भयो ।


    अदानचुली गाउँपालिका केन्द्र श्रीनगर स्वास्थ्य चौकीमा संचालन गरेको आम सभामा नेपाली काँग्रेस जिल्ला पाटी सभापति जयपति रोकाया , खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावल, नेपाल विद्यार्थी संघका अध्यक्ष धर्मराज जैसी , महिला संघकी अध्यक्ष विजया वुढा लगाएतको उपस्थीती रहेकाकोे नेपाली कंग्रेश अदानचुलीले जानकारी दिएको छ ।

  • ९ फाल्गुन २०७७, आईतवार १९:२२ प्रकाशित

  • Nabintech