कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा समावेशी प्यानलद्धारा घरदैलो अभियान सुुरु

  • नमस्ते कर्णाली

  • यहि २२ गते हुन गईरहेको कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनका लागि बिष्णु खनाल नेतृत्वको साझा समावेसी प्यानलले घरदैलो अभियान सुरु गरेको छ । आज कोहलपुर बजार क्षेत्रका साथै मदनचोक क्षेत्रका ब्यवसायीहरुसँग भेटघाट गरेको छ । घरदैलोका क्रममा मदनचोक क्षेत्रका व्यवसायीका समस्या बारे जानकारी लिदै सुझाव समेत संकलन गरीएको खुुला सदस्य पदका उमेदवार गोपाल प्रसाद अधिकारीले जानकारी दिए ।


    कोरोना माहामारी कारण थला परेको यस कोहलपुर क्षेत्रको व्यवासयलाई माथि उकास्न पहल गर्न तथा साना व्यवसायीको समेत हितका लागि काम गर्न सुझाव दिएको अध्यक्ष पदका उम्मेदवार बिष्णु खनालले जानकारी दिए । यस क्षेत्रका व्यवसायीको सुझाव र सल्लाहका आधारमा आफ्नो टिम अगाडी बढने बताए । व्यवायीका हित र अधिकारका लागि अफ्नो समुह लागी पर्ने समेत बताए । पहिलो चरणको घरदैलोमा ब्यवसायीको अपार माया पाएको बताए । आउदो चुुनाबमा आफुहरुको जित्ने निश्चित भएको बताए । घरदैलो तथा सुझाव संकलनमा सम्पुुर्ण उम्मेदवारहरुसँगैै कोहलपुर क्षेत्रका पुराना व्यावासयीहरुको समेत सहभागिता रहेको थियो ।

     

  • १० फाल्गुन २०७७, सोमबार २१:४१ प्रकाशित

  • Nabintech