व्यावसायीक एकताको लागी आफ्नो उम्मेद्धारी रहेको अधिकारीको भनाई

  • नमस्ते कर्णाली

  • कोहलपुर उद्योग वाणिज्य संघको यहि फागुन २२ गते हुने निर्वाचनका लागि साझा समावेशी व्यवासायी समूहको खुुला तर्फको सदस्य पदका उमेदवार गोपाल अधिकारीले आफुु लाई भोट दिएर सहयोग गरिदिन व्यावसायीहरुलाई अनुुरोध गर्नु भएको छ । कोहलपुुर ३ मदनचोकमा न्युु अधिकारी फेन्सी एण्ड शुु सेन्टर व्यबसाय गदै आउनु भएका अधिकारी बिष्णुु खनालको नेतृत्वको साझा समावेशी व्यवसायी प्यानलको तर्फबाट सदस्य पदमा उम्मेदवारी दिनु भएको हो । २०६८ साल देखि ब्यबसाहिक रुपमा लागेका अधिकारी रझेना खानेपानी तथा सरसफाई समितिका नि.बर्तमान सचिब , नवकिसान कृर्षि सहकारी संस्थाका अध्यक्ष, मदनचोक बजार व्यावस्थापन समितिका अध्यक्ष समेत रहनु भएको छ ।

    साथै कोभिडको समयमा आफ्नो पहलमा करिब २०५ जना गरिब तथा उत्पिडनमा परेकालाई मदनचोक बजार व्यबस्थापन समिति मार्फत राहत बितरण गरेको जानकारी दिनु भयो र आफुलाई यो निर्वाचनमा बिजय गराएमा यस्तै व्यापारीहरुका हक र अधिकारका निम्ति लागी पर्ने बताउनु भयो । सवै व्यवसायीसंगको सुमधुर सम्वन्ध र व्यवसायीहरुकै भावना अनुसार आफू उठेकोले कोहलपुर वाणिज्य संघको निर्वाचनमा सबैको माया पाएमा बिजय हुने बताउनु भयो ।


    अहिले व्यापार कम भएको र घरभाडा बृद्धि भएको सन्दर्भमा घरभाडा र व्यवसायबीच सन्तुलन कायम गर्दै घर धनी र व्यवसायीवीचको आपसी सम्बन्ध पनि सुमधुर बनाउने, घरवहाल करलाई व्यवस्थित गर्दै व्यवसायीको हितमा निर्णय गरी कार्यान्वयन गर्ने, व्यवसायीहरुलाई सशक्त एवं सुदृढ गराउन पेशागत तथा विषयगत संघ, संस्थाहरुबीच आपसी सहकार्यका आफु प्रतिवद्ध भएर लाग्ने अधिकारीले नमस्ते कर्णाली पत्रिकालाई जानकारी दिनु भयो ।
    विशेष गरी कोहलपुरका पसलहरुमा चोरीका घटनाहरु बढिरहेको, कोरोना भाईरसका कारण व्यापार व्यवसाय धरासय भएको, घरभाडा तिर्न नसक्दा व्यवसाय बन्द गर्नुपरेको, लगायतका समस्याहरु रहेको र त्यस्ता समस्याहरुलाई साझा समावेशी व्यवासयी समुुहले दिर्घकालिन रुपमा व्यवस्थापन गर्ने बताउनु भयो ।

     

  • १३ फाल्गुन २०७७, बिहीबार २०:०३ प्रकाशित

  • Nabintech