सरस्वती सामुदायिक वन उपभोक्ता समुहको १३ औं साधारण सभा सम्पन (फोटोफिचर)_

  • नमस्ते कर्णाली

  • कोहलुपुुर नगरगाउँपालिका वडा नम्बर १० र ११ मा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समुहको १३ औं साधारण सभा शनिबार सम्पन भएको छ । सामुदायिक वनका अध्यक्ष नर बहादुुर मल्लको अध्यक्ष्यतामा भएको कार्यक्रममा जिल्ला वन डिबिजन कार्यालय प्रमुुख राजुु श्रेत्री प्रमुख अतिथि रहनु भएको थियो । यस्तै विशिष्ट अतिथीमा कोहलपुुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष निरज चलाउने रहनु भएको थियो । कार्यक्रममा समाजसेवी नारायण प्रसाद सिग्देल,इलाका सहडिबिजन कार्यालय प्रमुुख मान बहादुुर थापा , कर्णाली सेवा समाजका कार्यबाहक अध्यक्ष गौरीकान्त आचार्य ,सास्कृतीक संघका बाँके सभापति सन्तोसराज पौडेल। कलाकार कमला धामी र तिलक बुढाको तथा अन्य अतिथीहरुको उपस्थीती रहेको थियो ।
    कर्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष भण्डारीले सामुदायिक वनमा सबैको सहयोग हुनुपर्ने बतानुु भयो । सामुदायिक वनले नेपाल सरकारले तोके अनुसार वन बाट भएको आम्दानी रकम पनि खर्च गर्नुपर्नेमा उनले जोड दिनुु भयो । हामीले चाहेको स्वछ वाताबरण त्यही वनजङ्गल हो , पिउने पानीको स्रोत त्यही वनजङ्गल हो र हामीले चाहेको सितल छहारी वनजङ्गल नै भएकाले सबै मिलेर वनजङ्गलको संरक्ष गर्नुु पर्ने बताउनु भयो । सो सामुुदायिक वन उपभोक्ता समुुहको अध्यक्षमा पुुन नर बहादुुर मल्ल निर्वाचीत हुुनुुभएको छ । साधारण सभाको बहुुमतले पुुन मल्ललाई नै निर्वाचीत गरेको हो । अन्य कार्यसमितिका लागी तिन सदस्यय निर्वाचन आयोग गठन गरेको छ । जसको संयोजकमा उमेश काफ्ले,विष्णुुकान्त आचार्य,कोपिला शाही रहनुु भएको छ । सो निर्वाचन समितिले अन्य कार्यसमिति चयन गर्ने संयोजक उमेश काफ्लेले नमस्ते कर्णाली पत्रिकालाई जानकारी दिनुु भयो ।

  • १६ फाल्गुन २०७७, आईतवार ०८:०१ प्रकाशित

  • Nabintech