बिष्णु पौडेल र रघुवीर महासेठ पनि उपप्रधानमन्त्री बन्दै

  • नमस्ते कर्णाली

  • प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने हुनु भएकाे छ।

    अहिले केहिबेरमा प्रधानमन्त्रीले जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहसहितका मन्त्रीहरूलाई सपथ खुवाउनु हुनेछ।

    जसपा नेताहरू सरकारमा सहभागी हुने भएपछि ओलीले मन्त्रिपरिषद हेरफेरसमेत गर्न लाग्नु भएकाे हाे।

    जसअनुसार बिष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बन्ने स्रोतले जनाएको छ। मन्त्रीहरूलाई आजै सपथ खुवाउने तयारी छ।

     

  • २१ जेष्ठ २०७८, शुक्रबार १८:१७ प्रकाशित

  • Nabintech