सर्केगाड गाउपालिकामा घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

सेवा प्रदायक संस्था द्धारा दर्ता शिबिर संचालन


  • नमस्ते कर्णाली

  • सर्केगाड गाउपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण तथा दर्ता शिबिर सम्वन्धी सेवा प्रदायक संस्थालाई अभिमुखिकरण तथा दर्ता प्रणाली सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सर्केगाड गाउँपालिका सेवा इकाई हुम्लाको आयोजनामा प्रशिक्षण सम्पन्न गरिएको हो ।
    सर्केगाड गाउँपालिका अध्यक्ष कृष्ण रोकायाको अध्यक्षता तथा उपाध्यक्ष जोशी धामी, प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर शाहीको आतिथ्यतामा सर्केगाड गाउँपालिका अन्तर्गत रहेका ८ वटा वडाका वडा अध्यक्ष र वडा सचिव, प्रसासन सहायकलाई सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सम्वन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको एम.आइ.एस अपरेटर छक्क बहादुर शाहीले जानकारी दिनु भयो । साथै ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बज्धी काम गर्ने सेवा प्रदायक संस्थालाई समेत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
    कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले अब सबै वडामा घटना दर्ता अनलाईनबाट सुरु हुने साथै सामाजिक सुरक्षा भत्ता बैङ्किक प्रणाली मार्फत गर्न गाउँपालिका लागी परेको समेत बताउनु भयो । सबै कामहरु अनलाईन सिस्टमा जानु पर्ने भएको कारणले कहि समस्या भएपनि चाँडै सबै काम सम्पन्न हुने बताउनु भयो ।
    अभिमुखीकरणमा व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाई सराई) कसरी गर्ने, आइपर्ने व्यवहारिक तथा शैद्धान्तिक समस्याहरु र ती समस्याहरुको निराकरण बारे सहजीकरण गरिएको थियो । त्यस्तै सामाजिक सुरक्षा सम्बन्धी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको पहिचान, तिनीहरुको दर्ता, बैङ्किक प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण, प्रतिवेदन, डिजिटाइजेशन, दर्ता सिविर जस्ता विषयमा जानकारी गराईएको थियो । सामाजिक सुरक्षा भत्ता बैङ्किक प्रणाली मार्फत गर्नको लागी बिवरणहरु सच्याउने काम र चाँडै सम्पुर्ण कामहरु सकेर बैङ्किक प्रणाली मार्फत बितरण गर्न शाखा लागी परेको एम.आइ.एस अपरेटर छक्क बहादुर शाहीले जानकारी दिनु भयो । दर्ता शिबिर सेवा प्रदायक संस्थाले काम गरिरहेको र चाँडै काम सम्पन्न हुने समेत जानकारी दिनु भयो ।

  • १३ असार २०७८, आईतवार १९:३९ प्रकाशित

  • Nabintech