ताँजाकाेटमा स्वास्थ्य स्वयं सेविकाकाे बिदाई

  • नमस्ते कर्णाली

  • हुम्लाकाे  ताजाँकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयं सेवीकालाई प्रोत्साहन दिएर बिदाई गरेको छ। ६० वर्ष पूरा भएका र एसईई अनुत्तिर्ण भएर पनि काम गर्दै आएका सबै स्वास्थ्य स्वयं सेविकालाई बिदाई गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकालले नमस्ते कर्णाली पत्रिकालाइ जानकारी दिनु भयाे ।

    गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकालले लामो समयेखि गाउँगाउँमा महिला स्वास्थ्य स्वयं सेविकाको रुपमा काम गर्दै आएका २० जना महिलालाई गाउँपालिकाले प्रोत्साहन स्वरुप दश हजार रुपैयाँसहित सम्मानजनक बिदाई गरेकाे बताउनु भयाे ।

    स्वास्थ्य स्वयं सेविका राख्ने नयाँ प्रावधानमा एसईई वा सो सरह हुनु पर्ने र ६० वर्ष उमेर कटेकालाई राख्न नमिल्ने भए अनुसार उनीहरु सबैलाई बिदाई गरिएको हो।

    कार्यक्रममा उनीहरुलाई दोसल्लाह ओढाएर सम्मान पनि गरिएकाे थियाे। वडा नम्बर १, २ र ३ का ११ जना र वडा नम्बर ४ र ५ का नौ जनालाई बिदाई गरिएकाे थियाे ।

    स्वास्थ्य शाखाले पुराना स्वयं सेविकालाई बिदा गरेलगत्तै अबको केही दिनमा नयाँ नियक्त गर्ने गाउँपालिकाले जानकारी दिएकाे छ।

  • ३० असार २०७८, बुधबार ०७:५४ प्रकाशित

  • Nabintech