हिमाली जिल्ला हुम्लाको ताँजाकोट गाउँपालिकाले श्रावण १५ गतेबाट सामुदायिक बिद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ । श्रावण ७ गते बसेको गाउँ कार्यपालिकाको बैठक अनुसार गाउँपालिका भरिका सबै सामुदायिक बिद्यालयहरु खोल्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लाल प्रसाद ढकालले नमस्ते कर्णाली पत्रिकालाइ जानकारी दिएकाे छ।लामो समय देखी बिद्यालय बन्द रहेकाले अब स्वास्थ्य मापदण्डको पालना गरी गाउँपालिका स्थीत सम्पुर्ण सामुदायिक बिद्यालयहरु सञ्चालन गर्ने भएकाले नियमित रुपमा पठन पाठन सरु गर्न सम्पुर्ण सामुदायिक बिद्यालयहरुका शिक्षक÷क्रमचारीलाई आ आफ्नो बिद्यालयमा हाजीर भई बिद्यालय सञ्चालन गर्नको लागि पत्राचार गरिएको छ ।