आईएमई लाइफ ४ वर्ष पुरा गरी ५ औ वर्षमा प्रवेश

  • नमस्ते कर्णाली

  • आईएमई लाइफ इन्स्योरेन्स कम्पनी चार वर्ष पुरा गरि ५ औ वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०७४ भदौ एक गतेदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । तत्कालिन समयमा नयाँ जीवन बीमा व्यवसाय सञ्चालका लागि लाइसेन्स पाएका १० जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा पहिलो पटक व्यवसाय शुभारम्भ गरेको आईएमई लाइफले हालसम्म एक लाख ८० हजार वटा जीवन बीमा पोलिसी बिक्री गरिसकेको छ ।

    स्थापनाको छोटो समयमै कम्पनीले आफ्नो जीवन बीमा कोषमा दुई अर्ब ९७ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । हालसम्म ५ अर्ब ६५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । आधार मूल्यमै प्राथमिक शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले प्रिमियम सहित सर्वसाधारण समुहको ६० लाख कित्ता शेयर जारी गर्ने तयारी गरेको छ ।

    हाल उक्त प्रविधि मार्फत बीमितहरुले आफ्नो व्यक्तिगत बीमालेख र अभिकर्ताहरुले आफ्नो आय आर्जन सम्बन्धी जानकारी प्राप्त गरि आएकोमा आजकै मितिदेखि लागु हुने गरी आफू अन्तर्गतका अभिकर्ताहरुको व्यवसायको विवरण समेत हेर्न सक्ने भएका छन् ।

    बीमितहरुले निवेदन दिएको ऋण एवम् दाबी भुक्तानीको अवस्थाको बारेमा जानकारी रियल टाइममा हेर्न सक्ने र बीमाशुल्क भुक्तानी वापत कर प्रमाणपत्र समेत च्याट बटमार्फत प्राप्त गर्न सक्ने व्यवस्था कम्पनीले गरेको छ ।

    कम्पनीले गो डिजिटलको अवधारणा अवलम्वन गरी भविष्यमा कागजात रहित प्रविधि मार्फत सेवा उपलब्ध गराउने उद्देश्य लिएको जानकारी दिए । हाल कम्पनीले कनेक्ट आइपिएस लगायत विभिन्न अनलाइन भुक्तानी सेवा प्रदायकको सहकार्यमा अनलाईन माध्यमबाट बीमाशुल्क भुक्तानी गर्न सक्ने व्यवस्था समेत मिलाएको जानकारी दिए ।

    व्यवसाय सुचारु भएको चौंथो वर्षसम्म कम्पनीको हासिल गरेको विभिन्न सूचांकहरु  निम्नानुसार रहेको छ । सञ्चालन अवधिदेखि हालसम्म कम्पनीको प्रगतिमा निरन्तर सहयोग गर्नुहुने आदरणीय शेयरधनी महानुभावहरु, सञ्चालक समितिका सदस्यहरु, कम्पनी प्रति विश्वास गर्नुहुने समस्त बीमितहरु, नियमनकारी निकाय बीमा समिति, सरोकारवाला सम्पूर्ण निकायहरु, कम्पनीको व्यवस्थापन समूह, कर्मचारीहरु, अभिकर्ताहरु,  पत्रकारहरु एवं अन्य शुभेच्छुकहरु सबै प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा समेत थप सहयोग गर्नु हुने विश्वास लिएको व्यहोरा व्यक्त गरेका छन् । साथै कोभिड–१९ ले आक्रान्त यस विषम परिस्थितमा पनि कम्पनीले आफ्ना सेवाग्राहीलाई तदारुकताका साथ निरन्तर सेवा प्रदान गरिरहेको व्यहोरा व्यक्त गरे ।

  • २ भाद्र २०७८, बुधबार ११:५० प्रकाशित

  • Nabintech