हुम्ला सदरमुकाम सिमकाेट बजारमा अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तुहरू नष्ट ।

  • नमस्ते कर्णाली

  • हुम्ला सदरमुकाम सिमकाेट बजारमा  अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तुहरुलाई नष्ट गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दसरत राईको संयोजकत्वमा भदौ ११ गते विहान ८ वजे बजार अनुगमन गर्ने क्रममा भेटिएका म्याद गुज्रिएका तथा अखाद्य बस्तुहरू नष्ट गरिएको हाे।  टोलिले सदरमुकाम सिमकोटका ३३ वटा पसलहरुको अनुगमन गरिएको हाे ।

    समकोट तल्लो बजार र माथिल्लो बजारका ३३ वटा पसलहरुमा अनुगमन गर्ने क्रममा पाँच केजी बासमति चामल, १५ पिस जिरा मसला र एक पिस कुकिज मात्रै फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी राइले बतानुभयाे । पछिल्ला समय सदरमुकाम सिमकोटमा वजार अनुगमनलाई निरन्तरता दिएपछि सिमकोटका पसलहरूमा म्याद गज्रिएका तथा अखाद्य बस्तुहरु न्युन भेटिने गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय, उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालय, उद्योग बाणिज्य संघ, गाउँपालिका, जिल्ला प्रहरी कार्यालय, संचारकर्मी लगायतको सहभागितामा बजार अनुगमन गरिएको थियो । त्यस्तै आउदा दिनहरुमा उक्त टोलिले जिल्लाका अन्य गाउँपालिकामा समेत पुगेर उक्त पसलहरूको अनुगमन गर्नु पर्ने देखिएको छ ।

     

  • १२ भाद्र २०७८, शनिबार ०८:४९ प्रकाशित

  • Nabintech