हुम्लाको चंखेलीमा नेकपा एमालेकोे आमसभा सम्पन्न

  • नमस्ते कर्णाली

  • नेकपा एमाले जिल्ला कमिटि हुुम्लाले गाउँपालिका स्तरिय अभियानको तेस्रो चरणमा चंखेली गाउँपालिकाको केन्द्र पिप्लांगमा कार्यक्रम सम्पन्न गरेको छ । ताँजाकोट गाउँपालिकाबाट सुुरु गरेको आमसभा असोज २ गते अदानचुलीको श्रीनगरमा कार्यक्रम सकेर मंगलबार पिप्लांगका अगुवा कार्यकर्ता भेलाको आयोजना गरि सम्पन्न गरेको हो ।


    एमाले जिल्ला कमिटि सदस्य तथा चंखेली गाउँपालिकाका अध्यक्ष टेकबहादुर शाहीको अध्यक्षतामा आयोजना गरेको कार्यक्रममा एमाले हुम्लाका अध्यक्ष दल रावल, पुर्वअध्यक्ष तथा अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेरा लगायतले संवोधन गरेको चंखेलीबाट नमस्ते कर्णालीका सम्बादाता सुुभाखर न्यौपानेले जानकारी दिए । पार्टी भित्रको विभाजन पछि पहिलो पटक नेकपा एमाले हुम्लाले बिभिन्न गाउँपालिकामा आप्mनो बृहत्त आमसभा गर्दै आएको छ ।

  • ६ आश्विन २०७८, बुधबार १४:५१ प्रकाशित

  • Nabintech