एभरेष्ट प्रिमियर लिग टी-२० प्रतियोगिता आजबाट हुँदै

  • नमस्ते कर्णाली

  • बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण आज शनिबारदेखि सुरु हुँदैछ ।

    नेपालकै चर्चित टी-२० फ्रेन्चाइज क्रिकेटको चौथो संस्करणका आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उद्घाटन गर्न लागिएको हो ।

    प्रतियोगिताका लागि सबै तयारी पूरा भैसकेको आयोजकले जनाएको छ । पिच, मैदानको आउटफिल्डदेखि बाउन्ड्री बाहिर डिजिटल बोर्डलगायत आकर्षक बनाइएको छ ।

    ईपीएल प्रालीको आयोजनामा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । सिंगल राउण्ड रोविनको खेलहरु भएपछि क्वालिफायर हुँदै फाइल हुनेछ ।

    आजको उद्घाटन अर्थात पहिलो खेल ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स-११ बीच हुँदैछ । खेल मध्याह्न १२ बजे सुरु हुनेछ । ललितपुर साविक विजेता टोली हो ।

    ५० लाख पुरस्कार र ईपीएलको आकर्षक ट्रफीका लागि साविक विजेता ललितपुर प्याट्रिओट्स सहित, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौं किंग्स ११, चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

  • ९ आश्विन २०७८, शनिबार ०८:५३ प्रकाशित

  • Nabintech