प्रथम खुुल्ला बन्धु राष्ट्रिय कराँते प्रतियोगिता कोहलपुरमा हुदै

  • नमस्ते कर्णाली

  • राष्ट्रिय गोजिरियो कराँते दो संघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा यही मिती २०७८ असोज १५ र १६ गते होटल सेन्ट्रल प्लाजा कोहलपुरमा प्रथम खुुल्ला बन्दु राष्ट्रिय कराँते प्रतियोगिता २०७८ आयोजना हुने भएको छ ।
    सात वटै प्रदेशका तथा एउटा ससस्त्रको बिभागिय टिम गरी करिब ४०० देखि ५०० खेलाडी सहभागी हुुने आयोजकले जानकारी दिएको छ ।
    प्रतियोगितामा राष्ट्रिय गोजिरियो कराँते दो संघ नेपालका अध्यक्ष,महासचिब,कोषाध्यक्ष तथा अन्य केन्द्रीय पदाधिकारीको उपस्थिति रहने तथा सो प्रतियोगितामा पहिलो दिन उद्घाटन समारोह काँता तथा सास्कुतिक कार्यकम र दोस्रो दिन कुुमिते फाईड तथा समापन कार्यक्रम हुने राष्ट्रिय गोजिरियो कराँते दो संघ नेपालका सचिवालय सदस्य तथा लुुम्बिनी प्रदेशका संयोजक रमेश कुमार डाँगीले नमस्ते कर्णाली पत्रिकालाई जानकारी दिनुु भयो ।

    कार्यक्रमको मुख्य प्रायोजक शिखर अर्गनाइजेशन तथा सह प्रायोजक प्रत्यन्त बहुमुखि सहकारी संस्था र MBD कम्प्युटर सेन्टर रहेका छन । यस्तै अन्य प्रायोजकमा TVS,प्रभुु लाईफ ईन्सुरेन्स,सिद्धार्थ ईन्सुुरेन्स,आरुस पानी,जनबिश्वास सहकारी संस्था,चुलीमालीका सहकारी संस्था,सहकर्मी समाज,CIUD, आदी रहेका छन । कोहलपुर नगरपालिका तथा सम्पुर्ण वडा कार्यालयको सहयोग रहेको आयोजकले जनाइएको छ । सो प्रतियोगितामा मिडिया पार्टनरका रुपमा नमस्ते कर्णाली पत्रिका र Zee  Nepal HD tv रहेका छन ।

    खेलाडीहरु,प्रशिक्षक,तथा अतिथिहरुका लागी खान बस्नको लागी ब्यबस्था गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा पहिलो ,दोस्रो तथा तेस्रो हुने खेलाडीलाई मेडल तथा प्रमाणपत्रको व्यबस्था गरिएको तथा उत्कृष्ट खेलाडीलाई नगद सहित ट्रफीको ब्यबस्था गरिएको तथा प्रतियोगिताको सम्पुर्ण तयारी अन्तिम चरणमा पुुगेको राष्ट्रिय गोजिरियो कराँते दो संघ नेपालका सचिवालय सदस्य तथा लुुम्बिनी प्रदेशका संयोजक रमेश कुमार डाँगीले जानकारी दिनुु भयो ।

  • ९ आश्विन २०७८, शनिबार ०९:३० प्रकाशित

  • Nabintech