हिमाली जिल्ला हुम्लामा नेपाली कांग्रेसको चार गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन

  • नमस्ते कर्णाली

  • हुम्लाका सात वटा गाउँपालिकामा नेपाली कांग्रेसका गाउँपालिका स्तरका अधिवेशन सुरु भएको छ । आज विहानबाट सुरु भएको अधिवेशनमा चारवटा गाउँपालिकामा सर्वसम्मतबाट नेतृत्व चयन गरीएको जानकारी प्राप्त भएको छ ।

    सिमकोट, नाम्खा, खार्पुनाथ र ताँजकोट गाउँपालिकामा पालिका सभापति चयन भएको नेपाली कांग्रेस हुम्लाले जानकारी दिएको छ । ताँजाकोट कृष्ण मल्ल, खार्पुनाथ टक्क शाही, सिमकोट धर्मराज रोकाया, र नाम्खामा सुनाम बहादुर लामा पालिका सभापतिमा सर्वसम्मत चयन गरीएको बताइएको छ ।

    यसै गरी चंखेली र सर्केगाड गाउँपालिका पालिका अधिवेशन शुरु नभएको बताइएको छ । तथा अदानचुलीको जानकारी प्राप्त  भईरहेको छैन । गाउँपालिकामा रहेका वडाहरुको आधारमा २३ देखि ४५ जनासम्म अधिवेशनबाट नेतृत्व चयन गरेर निर्वाचीत गरीएको जानकारी प्राप्त भएको छ ।

  • ९ आश्विन २०७८, शनिबार १८:०१ प्रकाशित

  • Nabintech