कांग्रेस अधिवेशनः अदानचुुली गाउँपालिकामा बिष्णु भण्डारी सभापतिमा निर्बिरोध निर्वाचित

  • नमस्ते कर्णाली

  • नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत हुम्लाका ७ वटा स्थानीय तहमा मध्ये अदानचुली गाउँपालिकामा बिष्णु भण्डारी सभापतिमा चयन हुनुभएको छ । अधिवेशनले उहाँ लगायत कार्यसमितिलाई सर्वसम्मत चयन गरेको हो । छ वटा वडा रहेको सो गाउँपालिकामा क्षेत्रीय प्रतिनिधिहरुको सहभागितामा भएको अधिवेशनले नेतृत्व चयन गरेको हो। अधिवेशनबाट भण्डारी सभापतिमा, हर्क बहादुर शाही र ऐमान बुढा उपसभापतिमा, बिशाल भण्डारी र बाल बहादुर छत्याल सचिवमा र मिलन बुमी र प्रिथीराम जैशी सहसचिवमा चयन गरिएको गाउँपालिका मतदान अधिकृत खड्क शाहीले नमस्ते कर्णाली पत्रिका लाई जानकारी दिनुभयो । त्यसैगरि अधिवेशनले ५१ सदस्यहरु कमिटी चयन गरेको छ।
    सभापति भण्डारीले अब पार्टीले सशक्त र क्रियाशिल रुपमा अगाडि बढाउने बताउनु भयो । कार्य समितिमा युवा र नयाँ सदस्यहरुको बाहुल्यता रहेको कांग्रेसले जनाएको छ ।

  • १० आश्विन २०७८, आईतवार १८:१९ प्रकाशित

  • Nabintech