हुम्लामा एकीकृत समाजवादी पार्टीको कार्यालय उद्घाटन

  • नमस्ते कर्णाली

  • नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी हुम्लाले सोमबार विहान आफ्नो पार्टी कार्यालय उद्घाटन गरेको छ । नेकपा एमालेबाट विभाजितपछि निर्माण भएको एस पार्टीले हुम्लामा कर्णाली प्रदेशका इन्चार्ज तथा पार्टी उपमहासचिव प्रकाश ज्वालाको प्रमुख आथित्यमा र प्रदेश सरकारका भौतिक पूर्वधार विकास मन्त्री अमर बहादुर थापाको विषेश आथित्यमा पार्टी कार्यालय उद्घाटन कार्य सम्पन्न भएको छ ।
    पार्टी कार्यालय उद्घाटन गर्दै प्रदेश इन्चार्ज तथा पार्टी उपमहासचिव प्रकाश ज्वालाले नेकपा एमाले अध्यक्ष केपी ओलीका कारण पार्टी फुटेको बताए । एमाले र माओवादीको कम्युनिष्ठ गठबन्ध नसकेका ओलीले एमाले पनि फुटाएको इन्चार्ज ज्वालाले आरोप समेत लगाएका थिए ।व्यत्तिवाद,अंहकार तथा विधि पद्दति विपरित काम गर्ने विरुद्द डटेर सामाना गर्न नेपाली राजनीतिमा विद्रोहका रुपमा स्थापित हुन समाजवादी पार्टी निर्माण भएको ज्वालाले बताए ।

    पार्टी भित्र अध्यक्ष केपी ओलील सधैं किचलो, सधैं अन्याय र अत्याचार गरेको हुनाले त्यो सहेर बस्न नसकिने भन्दै एमालेभित्र ओलीको अत्याचार बढेपछि विद्रोहका रुपमा एमालेभित्रै वैकल्पिक शक्तिका रुपमा एकीकृत समाजवादीको उदय भएको इन्चार्ज ज्वालाले बताए ।
    आफुहरु ओलीका विरुद्ध बैकल्पिक शक्तिका रुपमा अगाडी बढ्ने बताए । पार्टीलाई सहि ट्याक र सहि मार्ग निदेर्शन गर्नका लागी बैकल्पिक शक्ति समाजवादी रहेको उनले बताए ।
    आज दिउँसो जिल्ला समन्वय समितीको सभाहमा एमालेबाट विभाजित भए पश्चात पहिलो पटक जिल्ला भेला हुने बताईएको छ । यस्तै पार्टी कार्यालय उद्घाटन पश्चात, जिल्ला पार्टीका अध्यक्ष,उपाध्यक्ष,सचिव र सहसचिवलाई टसि खादक लगाएर जिम्मेवारी तोकिएको छ ।

  • ११ आश्विन २०७८, सोमबार १२:२७ प्रकाशित

  • Nabintech