कोहलपुरमा भएको चक्काजाम २ घण्टापछि खुल्यो

  • नमस्ते कर्णाली

  • बाँके जिल्लाको कोहलपुर किरणनाला नजिकै गरिएको चक्काजाम करिब दुुई घण्टा पछि खुलेको छ ।
    शनिबार राति कोहलपुर नगरपालिका–५ एनसिसिएन नजिकै ट्रयाक्टरले ठक्कर दिदाँ मोटरसाईकलमा सवार कोहलपुर– २ का सन्तोष अधिकारीको ज्यान गएको थियो ।
    मृतक अधिकारीका आफन्त तथा स्थानीयहरुले उचित क्षतिपूर्तीको माग गर्दै सोमबार दिउँसो एक बजेदेखि टायर बालेर प्रदर्शन गरेका थिए । मृतकका छोराछोरीलाई शिक्षाको ग्यारेण्टी हुनुपर्ने माग राख्दै राजमार्ग अवरुद्ध पारिएको थियो ।
    ईलाका प्रहरी कार्यालय कोहलपुरले बन्द रहेको राजमार्ग दिउँसो तीन बजेदेखि सञ्चालनमा आएको जानकारी दिएको छ ।
    सकेसम्म पीडितसँग प्रहरीले मंगलबार दिउँसो साढे २ बजेसम्म ट्याक्टरका मालिकलाई कोहलपुरमा उपस्थिती गराउने प्रतिबद्धता जनाएको छ ।दुर्घघटना लगत्तै फरार रहेका ट्याक्टर चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले आईतबार दिउँसो नै पक्राउ गरिसकेको छ ।

  • ११ आश्विन २०७८, सोमबार १६:१४ प्रकाशित

  • Nabintech