प्याब्सन कोहलपुरको अध्यक्षमा सुवेदी

  • नमस्ते कर्णाली

  • निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) कोहलपुर नगर कमिटीको अध्यक्षमा गोविन्द सुवेदी निर्विरोध चयन हुनुभएको छ ।
    प्याब्सन कोहलपुर नगर कमिटीको दोस्रो अधिवेशनबाट सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । सचिवमा रमेश केसी र कोषाध्यक्षमा मित्र ओली चयन भएको प्याब्सन कोहलपुुले जानकारी दिएको छ ।
    त्यसैगरी सदस्यहरुमा समीर घर्ती र सुवास कार्की रहेको बताईएको छ ।
    प्याब्सन कोहलपुर नगर कमिटिको दोस्रो अधिवेशन सोमबार सम्पन्न भएको थियो ।

     

  • १२ आश्विन २०७८, मंगलवार १७:४७ प्रकाशित

  • Nabintech