शुक्रबार देखी प्रथम खुुल्ला बन्धु राष्ट्रिय कराँते प्रतियोगिता कोहलपुरमा हुदै

  • नमस्ते कर्णाली

  • राष्ट्रिय गोजिरियो कराँते दो संघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबार देखी (असोज १५ र १६ गते) होटल सेन्ट्रल प्लाजा कोहलपुरमा प्रथम खुुल्ला बन्दु राष्ट्रिय कराँते प्रतियोगिता २०७८ आयोजना हुने भएको छ ।कोहलपुर नगरपालिका वडा नं. ३ स्थित पाँच तारे होटल सेन्ट्रल प्लाजामा आयोजना गर्न लागिएको प्रतियोगितामा देशभरबाट करिब ३ सय देखि ४ सय खेलाडी उपस्थित गराउने लक्ष्य राखिएको प्रतियोगिताका संयोजक तथा राष्ट्रिय गोजुरीयो कराँते दो महासंघ, लुम्बिनी प्रदेश प्रमुख रमेश कुमार डाँगीले बिहिबार पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।
    खेलाडीहरु,प्रशिक्षक,तथा अतिथिहरुका लागी खान बस्नको लागी ब्यबस्था गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा पहिलो ,दोस्रो तथा तेस्रो हुने खेलाडीलाई मेडल तथा प्रमाणपत्रको व्यबस्था गरिएको तथा उत्कृष्ट खेलाडीलाई नगद सहित ट्रफीको ब्यबस्था गरिएको आयोजकले जानकारी दिएको छ ।प्रतियोगिता अन्तर्गत काँता र कुबिन्ते तर्फ विभिन्न विधामा क्याडेट, जुनियर र सिनियर खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुमध्येबाट छनौटमा परेका खेलाडीहरुले सन २०२२ मा आयोजना हुने साउथ ओपनिङ गोजुरीयो च्याम्पियनशिपमा भाग लिने अबसर पाउने आयोजकले जनाएको छ ।
    शुक्रबार बिहान ८ बजेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन राष्ट्रिय गोजुरीयो कराँते दो संघका केन्द्रिय अध्यक्ष गणेश कार्कीले गर्ने कार्यक्रम तय भएको राष्ट्रिय गोजुरीयो कराँते दो संघका केन्द्रिय महासचिव प्रकाश चन्दले जानकारी दिनुभयो । चन्दका अनुसार प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय स्तरमा खेलिसकेका खेलाडी तथा राष्ट्रिय स्तरका खेलाडीहरुको समेत उल्लेख्य सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

  • १४ आश्विन २०७८, बिहीबार १९:३९ प्रकाशित

  • Nabintech