प्रथम खुुल्ला बन्धु राष्ट्रिय कराँते प्रतियोगिता भब्यताका साथ सम्पन्न (फोटोफिचर)

  • नमस्ते कर्णाली

  • लुम्बिनी प्रदेश गोजुरियो कराँते दो संघ नेपालको आयोजनामा प्रथम बन्धु राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । कोहलपुर नगरपालिका वडा नं. ३ स्थित पाँच तारे होटल सेन्ट्रल प्लाजामा आयोजना भएको सो प्रतियोगितामा देशभरबाट करिब ५०० सय खेलाडी उपस्थित भएको प्रतियोगिताका संयोजक तथा राष्ट्रिय गोजुरीयो कराँते दो महासंघ, लुम्बिनी प्रदेश प्रमुख रमेश कुमार डाँगीले जानकारी दिनुभयो ।

    प्रतियोगितामा सुदुरपश्चिम प्रदेश पहिलो ,लुम्बिनी प्रदेश दोस्रो स्थान र कर्णाली प्रदेश तेस्रो भएको आयोजकले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय गोजु–रियो कराँते दो संघ नेपाल का अध्यक्ष एबंम मोरिसियसका तर्फबाट नेपाललागि अबैधानिक बाणिज्य दुध गणेश कार्कीले आफ्नो तर्फबाट प्रदेश संघ लाई म्याट दिनु भएको थियो । समापन कार्यक्रमको प्रमुख अतिथि कोहलपुर नगरपालिका उप–मेयर सन्जु कुमारी चौधरीबाट प्रतियोगितामा मेडल , प्रमाणपत्र र मायाको चिनो र प्रतियोगिताका उकृस्ट खेलाडी महिला खेलाडी सुनिता र पुरुष खेलाडी सागर खड्का लाई नगद रू ५०००÷–हजाररको दरले दुबै खेलाडी हरूलाई संमानित गरिएको राष्ट्रिय गोजुरीयो कराँते दो महासंघ, लुम्बिनी प्रदेश प्रमुख रमेश कुमार डाँगीले जानकारी दिनुभयो । प्रतियोगितामा भब्यताका साथ सम्पन्न गराउन आ आफ्नो ठाँउबाट सहयोग सहयोग गर्नु हुने सबैलाई आयोजकको तर्फबाट धन्यवाद दिएको छ ।

     

  • १८ आश्विन २०७८, सोमबार ०७:५९ प्रकाशित

  • Nabintech