मुगुमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

  • नमस्ते कर्णाली

  • मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पु¥याउने क्रममा र नेपालगञ्ज पु¥याएका थप ४ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभएको छ ।
    उहाँका अनुसार दुर्घटना गम्भीर घाइते भएका चारजना उपचारका क्रममा बाँकेको नेपालगन्ज मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको हो । उपचारको लागि पठाइएका १६ जना घाइते मध्येबाट चार जनाको मृत्यु भएको छ ।

    एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र तीन जनाको मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतक सबै पुरुषहरु रहेका छन् ।
    मृत्यु हुनेमा मुगु छायाँनाथ रारा नगरपालिका– १ का १८ का चन्द्र प्रकाश भाम, वडा नम्बर– ७ का १२ वर्षीय आदित्यविक्रम शाही र वडा नम्बर ८ का २८ वर्षीय टोपबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बाँकेको ले जानकारी दिएको छ । बस दुर्घटनामा हालसम्म ३२ जनाको मृत्यु भइसकेको छ । एक जनाको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    अहिले बाँकेका अस्पतालमा १२ जना घाइतेहरुको उपचार भइरहेको छ । तीमध्ये १० जना मेडिकल कलेज कोहलपुर र २ जनाको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • २६ आश्विन २०७८, मंगलवार १९:०३ प्रकाशित

  • Nabintech