साफ उपविजेता नेपाली टोली लाई खेलकुद मन्त्री द्धारा स्वागत

  • नमस्ते कर्णाली

  • साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेर स्वागत गर्नु भएको छ । उहाँले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गर्नु भयो । साथै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।
    माल्दिभ्समा भएको साफमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो । तर फाइनलमा भारतसाग ३–० ले पराजित हुँदै उपविजेतामा सिमित भयो । प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने परिवारसँग छुट्टी मनाउन कुवेत जानुर्भको छ । अलमुताइरीले नेपालसँगको सम्झौता थप गर्ने विषयमा छुट्टी मनाएपछि विचार गर्ने बताईएको छ ।

  • १ कार्तिक २०७८, सोमबार १२:२९ प्रकाशित

  • Nabintech