नेपाल लाइफ इन्स्योरेन्स कोहलपुर शाखा द्धारा मृत्यु दाबी भुक्तानी

  • नमस्ते कर्णाली

  • नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोहलपुर शाखाले मृत्युदावी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीले धनगडी नगरपालिका कैलालीका मृतक वीमित नवराज जैसीकी श्रीमती सिद्धा जैसीलाई रकम १० लाख ९४ हजार ७ सय ७८ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
    विमित परिवार लाई मंगलबार कोहलपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी चेक हस्तान्तरण गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोहलपुर शाखा प्रमुख विष्णु प्रसाद शर्माले नमस्ते कर्णाली पत्रिकालाई जानकारी दिनु भयो ।

    गत असोज २९ गते करेन्ट लागेर निधन भएको थियो । २०७५ साउनमा बिमालेख जारी भएको र बिमाङ्क रु ६ लाख गरेको र कुल दाबी रकम १२ लाख रहेको शाखा प्रमुख विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो । साथै कर्जा,ब्याज कट्टी ७० हजार ७ सय ३० रहेको समेत शर्माले जानकारी दिए ।
    कार्यक्रममा नन्दखर जैशी,जयमनि ढकाल,शुसिला देवकोटा,ऋषिराम न्यौपाने , लक्ष्मीरुद्र जैशी,निर्मल भट्ट, अंगराज जैशी वाधु राजवंशी लगाएतको उपस्थिति रहेको थियो ।

  • ४ माघ २०७८, मंगलवार २०:१२ प्रकाशित

  • Nabintech