हुम्लाको ताँजाकोट गाउँपालिकाले छिमेकी गाउँपालिकाका बिरामीलाई एम्बुलेन्स सेवा दिने

  • नमस्ते कर्णाली

  • हुम्लाको ताँजाकोट गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सुचारु गर संगैे छिमेकी गाउँपालिकाका सेवाग्राहीलाई पनि एम्बुलेन्स सेवा उपलब्ध गराउने जानकारी दिएको छ ।
    छिमेकी गाउँपालिका अदानचुली, सर्केगार्ड, चंखेली र मुगु जिल्लाको सोरु गाउँपालिकाका न्यून आय भएका जनताको सेवाका लागि गाउँपालिकाको एम्बुलेन्स सेवा उपलब्ध गराएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकाले एक सुचना प्रकाशन गरि जानकारी दिनुभयो ।

    हाल यी छिमेकी गाउँपालिकाका स्थानीय बिरामी हुँदा तीस हजारभन्दा बढी रुपैयाँ खर्च गरेर निजी गाडी रिजर्भ गरी सेवा लिँदै आएका कारण गाउँपालिकाले एम्बुलेन्स सेवा दिने निर्णय गरेको हो ।
    एम्बुलेन्स सेवा निःशुल्क भए पनि इन्धनको व्यवस्था भने बिरामीका आफन्तले गर्नुपर्ने गाउँपालिकाले जनाएको छ। एम्बुलेन्स सेवा सम्बन्धित स्वास्थ्य चौकीदेखि सुर्खेत र नेपालगंजसम्म लिन सकिने छ ।

    ताँजाकोट गाउँपालिकाको यो सेवामूलक कार्यबाट गरिब तथा न्यून आयश्रोत भएका सर्वसाधारणलाई निक्कै राहत मिल्ने छ स्थानियले बताएका छन । हुम्लाको ताँजाकोट गाउँपालिकाले पहिलो पटक प्रदेश सरकारको साझेदारीमा एम्बुलेन्स सेवा सुचारु गरेको हो ।

     

  • २१ फाल्गुन २०७८, शनिबार १६:३५ प्रकाशित

  • Nabintech