बाजुराको हिमाली गाउँपालिकामा दुईदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन

  • नमस्ते कर्णाली

  • बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा दुईदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बिहिबारबाट सञ्चालन गरिएको शिविर हिमाली गाउँपालिका र जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा गाउँपालिकाको केन्द्र धुलाचौर मा निशुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत राज भण्डारीले जानकारी दिनुभएको छ । २ दिन सन्चालन हुने उक्त शिविरमा आज पहिलो दिन ४६९ जना ले सेवा लिएका छन जस्मा ११० जनाले भिडियो एक्सरे सेवा ३१ जनाले दन्त सेवा ६९ जनाले पोषण सेवा र अन्यले स्वास्थ्य चेकजांच औषधि उपचार सेवा लिएको गाउँपालिका स्रोतले जनाएको छ । निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण निःशुल्क भिडियो एक्सरे, आपंगता परीक्षण,कुपोषण सम्बन्धी चेकजाँच उपचार, डेन्टल डाक्टर बाट निःशुल्क मुख दांत सम्बन्धि सेवाहरु दन्त सेवा शिविरमा दिइने सेवाहरु रहेका छन ।

  • ११ चैत्र २०७८, शुक्रबार २१:४७ प्रकाशित

  • Nabintech