नेकपा माओवादी केन्द्र राप्ती सोनारी ८ को वडा सम्पर्क कार्यालय उद्धघाटन

  • नमस्ते कर्णाली

  • नेपाल कम्युनिस्ट पाटी (माओवादी केन्द्र) राप्ती सोनारी गाउँपालिका वडा नं. ८ को वडा सम्पर्क कार्यालय उद्घाटन भएको छ । नेकपा माओवादी केन्द्र राप्ती सोनारी ८ का अध्यक्ष लोक बहादुर खत्रीको अध्यक्षता तथा नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिती सदस्य एवम बाँके जिल्लाकै माओवादी जनयुद्ध तथा कम्युनिस्ट आन्दोलनका संस्थापक कमान सिंह खनालको प्रमुख आथित्यता र राप्ती सोनारी गाउँपालिका सचिवालय समिती सदस्य एवम वडा ८ का इन्चार्ज शोभाराम बि. एम. (चट्टान) को विशेष आथित्यतामा कार्यालय उत्घाटन कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा बोल्दै कमान सिंह खनालले अब सबै प्रकारको रणनीति अबलम्बन गर्दै चुनाव केन्दित हुने बताउनु भयो । राजनितिक एउटा सम्भावनाको खेल भएकाले यसमा साम दाम दण्ड भेत प्रयोग गरि सथानिय जनतालाई राजनीती बारे भन्दा पनि बिकास र समृदी बारे प्रयोगात्मक सैलीमा काम गर्ने गरि जनतामाझ जानु पर्छ भन्ने बारे चट्टान ले व्यक्त गर्नु भयो । कार्यक्रममा वाइसीएल प्रदेश कमिटी सदस्री शेर बहादुर खड्का सुजल को पनि बिसेस अपस्थिती रहेको थियो । गा पा कमिटी सुबास मरासिनी कमला जोशी र वडा कमिटी सदस्यहरु को उपस्थितीका साथ कमिटी अध्यक्ष लोक बहादुर खत्रीले अब सबैको ध्यान चुनाव केन्द्रित हुने भन्दै उद्घघाटन कार्यक्रम समापन गर्नु भएको थियो ।

  • १९ चैत्र २०७८, शनिबार २१:५० प्रकाशित

  • Nabintech