बोगटी द्धारा हार्दिक धन्यवाद एवम् आभार ब्यक्त

  • नमस्ते कर्णाली

  • हाम्रो लोकप्रिय पार्टी,नेकपा(एमाले) जिल्ला कमिटी हुम्लाको आयोजनामा यही बैशाख ४ गते हुम्ला जिल्ला प्रदेश सभा निवाचन क्षेत्र नम्बर क को अदानचुली(गल्बा) मा र प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ख को सदरमुकाम सिमिकोटमा पार्टीका आदरणीय अध्यक्ष एवम् नेपाल सरकारका पुर्व सफल प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका आदरणीय उपाध्यक्ष तथा नेपाल सरकारका पुर्व सफल अर्थमन्त्री विस्णुप्रसाद पौडेलको बिशेष सम्बोधनसहित बृहत् आमसभा तथा पार्टी प्रबेश कार्यक्रम भब्य एवम् सब्य रुपमा सम्पन्न भएका छन् ।

    सोही अवसरमा पार्टी अध्यक्ष आदरणीय ओली र उहाँको टिमबाट नेपाल र चीनको सीमा नाका लाप्चाको अवलोकन र नाम्खा गाउँ पालिकाको वडानम्बर ६ मा पर्ने लिमी भ्याली अन्तर्गतका तिल,जाङ र हल्जी गाउँका स्थानीय बासिन्दासङ्ग अविस्मरणीय भेटघाट कार्यक्रम पनि सम्पन्न भएको छ । यी सबै कार्यक्रम मार्फत पार्टीका आदरणीय अध्यक्ष तथा राजनेता केपी शर्मा ओली,आदरणीय उपाध्यक्ष विस्णुप्रसाद पौदेल र उहाँहरुको साथमा आउनु भएका सम्बद्ध सबैलाई हुम्ला जिल्ला पार्टीको साङ्गठानिक,जिल्लाको

    सास्कृतिक,ऐतिहासिक,राजनीतिक,आर्थिक,भौगोलिक तथा विकास निर्माणको अवस्था बारे साक्षात्कार गर्नेगराउने महत्वपूर्ण कार्य सफल भएको छ । यसबाट भावी दिनमा हुम्लाको समग्र विकासमा थप टेवा पुग्ने आशा आम हुम्लाबासीले गर्नुभएको छ । उक्त ४ गते राजनेता केपी ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न सबै प्रकृतिका कार्यक्रम भब्य रुपमा सम्पन्न गर्नगराउन प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग गर्नु भएका पार्टीका नेता, कार्यकता, शुभचिन्तक, समर्थक, स्वयंसेवक, कर्मचारी ,शिक्षक, व्यापारी, शुरक्षाकर्मी,पत्रकार, बुद्धिजीवी तथा आम हुम्लाबासी दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक धन्यबाद ब्यक्त गर्दछु । साथै पार्टी केन्द्रबाट हाम्रो निम्तालाई उच्च महत्व दिएर आउनु भएका आदरणीय अध्यक्ष केपी शर्मा ओली,आदरणीय उपाध्यक्ष विस्णुप्रसाद पौडेल र उहाँहरुको साथमा आउनु भएका सबै महानुभावहरु र पार्टी केन्द्रीय कार्यालयप्रती हार्दिक आभर प्रकट गर्दछु । हाम्रो उक्त दुबै बृहत् आमसभामा ब्यापक उपस्थिति जनाउनु भएका हुम्लाबासी दिदीबहिनी तथा दाजुभाइहरुलाइ बिशेष धन्यवाद दिन्छु ।

    उक्त बृहत् सभाको प्रत्यक्ष प्रशारण गरि सहयोग गर्नुभएका हुम्लास्थित रेडियो कर्णाली आवाज,कैलाश एफएम,श्रीनगर एफएम लगायत अन्य सन्चारकर्मी मित्रहरुलाई बिशेष धन्यवाद व्यक्त गर्दछु । यसैगरी हाम्रो कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटेर सुरक्षा प्रदान गर्नुभएका स्थानीय प्रशासन,शुरक्षाकर्मीहरुलाई धन्यवाद ब्यक्त गर्दछु । अन्तमा हाम्रो कार्यक्रम सफल पार्न प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग गर्नु भएका सम्बद्ध सबै महानुभावहरुलाई बिशेष धन्यबाद ब्यक्त गर्दछु ।

    गोरखबहादुर बोगटी,स्थायी कमिटी सद्स्य,कर्णाली प्रदेश सहइन्चार्ज तथा हुम्ला इन्चार्ज,नेकपा(एमाले)

  • ६ बैशाख २०७९, मंगलवार ०८:४४ प्रकाशित

  • Nabintech