कोहलपुरमा माओवादी एकल चुनावमा जाने , मेयरको उम्मेदवारमा नरेन्द्र न्यौपाने सर्वसम्मत

  • नमस्ते कर्णाली

  • नेकपा (माओवादी केन्द्र) कोहलपुरले आफ्नै नेतृत्वमा चुनावमा जाने निर्णय गरेको छ । नेपाली काँग्रेस र माओवादी केन्द्रले मेयर नछोड्ने भएपछि गठबन्धन नहुने भएको छ । सत्ता गठबन्धन दलहरुबीच सँगै चुनावमा जानेबारे छलफल चलिरहँदा कोहलपुरमा भने माओवादीले आफ्नै नेतृत्वमा जाने निर्णय गरेको छ ।

    त्यसको लागि माओवादी कोहलपुरले युवा नेता नरेन्द्र न्यौपानेलाई मेयरको उम्मेदवारको रुपमा अगाडी सार्ने भएको छ । कोहलपुर नगर कमिटी बैठकले मेयरमा न्यौपानेको एकल नाम प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।
    मंगलबारको नगर कमिटी बैठकले कोहलपुरको विकास माओवादीबाट सम्भव रहेकोले आफ्नै नेतृत्वमा चुनावमा जाने निर्णय गरिएको र स्थानिय तहका जनप्रतिनिधिले जन अपेक्षा पुरा गर्न नसकेकाले अब जनताले कोहलपुरमा माओवादीको नेतृत्व खोजि गरीरहेकोले माओवादी नेता नरेन्द्र न्यौपाने लाई उम्मेदवार बनाएको एक नेताले जाजकारी दिए ।

    कोहलपुरको उपमेयरको लागि धेरैजना आकांक्षी रहेकोले सहमतीको प्रयास भइरहेको माओवादीले जनाएको छ । रेणुका खड्का, साबित्रा पुन, बिष्णु चौधरी, कौशिल्या खड्का र अवराज खड्काले उपमेयरमा दाबेदारी गरेका छन् । उपमेयरको लागि बुधबार बेलुका सम्म टङु्गो लाग्ने बताइएको छ ।

  • ७ बैशाख २०७९, बुधबार ११:०२ प्रकाशित

  • Nabintech