सरस्वती सामुदायिक वन उपभोक्ता समुह द्धारा वन अधिकृत कर्णलाई स्वागत(फोटो फिचर)

  • नमस्ते कर्णाली

  • सरस्वती सामुदायिक वन उपभोक्ता समुह कोहलपुर, बाँकेको आयोजनामा डिभिजन वन कार्यालय नेपालगञ्ज,बाँकेमा सरुवा भई आएका वन अधिकृत अजित कुमार कर्ण लाई स्वागत तथा नयाँ वर्ष २०७९ सालको उपलक्ष्मा शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रम शुक्रबार एक कार्याक्रमका बिच सम्पन्न गरेको छ ।


    सरस्वती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नर बहादुर मल्लको अध्यक्षता एवं वन अधिकृत अजित कुमार कर्णको प्रमुख आतिथ्यता र डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश बहादुर खड्काको बिशेष आतिथ्यता रहेको थियो । सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्णले वन संरक्षणको लागी सबै मिलेर अगाडी बड्नु पर्ने बताउदै वन क्षेत्रको ब्यबस्थापन गर्न चुनौती भएपनि सबैको हातेमालोबाट वन क्षेत्र ब्यस्थीत गर्न सकिने बताए । साथै सरस्वती सामुदायिक वन उपभोक्ता समुहको लागी केहि समस्या भएमा डिभिजन वन कार्यालयले सहयोग गर्न तयार रहेको बताए ।

    कार्यक्रममा बोल्दै सरस्वती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नर बहादुर मल्लले अधिकृत कर्णलाई स्वागत गर्न पाउदा खुसि लागेको बताए । साथै उपभोक्तालाई आर्थिक उन्नती गर्नको लागी बिभिन्न आयमुलक कार्यहरु गर्ने बताए । वन क्षेत्रमा रक्त चन्दन श्रखण्ड लगाएतका बिरुवाहरु लगाउनको लागी प्रस्ताब अगाडी बढाईको बताए । यसको लागी डिभिजन वन कार्यालय बाँकेले आबश्यक सहयोग तथा सहजिकरण गरिदिन अनुरोध समेत गरे । कार्याक्रममा सव डिभिजन वन कार्यालय कोहलपुरका प्रमुख राज बहादुर चौधरी, सल्लाहाकार उमानन्द उपाध्याय, सल्लाकार गौरीकान्त आर्चाय, सचिव दुर्गा सुवेदी पौडेल सदस्य राम कृष्ण पाण्डे तथा कार्यसमितिका पदाधिकारी,सल्लाकार,उपसमितिका अध्यक्ष, उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

  • ९ बैशाख २०७९, शुक्रबार १५:२४ प्रकाशित

  • Nabintech