हिमाली गाउँपालिका अध्यक्षका पाँच बर्ष

मैले आफ्नो कर्तव्य कति पालना गरे, पूरा गरे कि गरिन मूल्यांकन जनताले गर्नुहुन्छ ः मल्ल


  • नमस्ते कर्णाली

  • बैशाख ३० गते हुन लागीको स्थानिय तहको निर्वाचनमा हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्ल फेरी पनि नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बनेका छन । २०७४ सालको स्थानीय तह निर्वाचनमा १ हजार ७ सय ७६ मत ल्याइ नेपाली काङ्ग्रेस तर्फबाट हिमाली गाउँपालिकाको अध्यक्ष बन्ने । ५ वर्ष हिमाली गाउँपालिकाको अध्यक्ष भएर हाँकेका मल्लले फेरी पनी आफुलाई मत दिएर बिजय गराउनेमा बिस्वस्त छन ।
    मल्लले भन्ने , – ‘मेरो व्यक्तिगत हिसाबले मलाई रहर छैन। मैले त आफ्नो ठाउँबाट सकेको कोसिस गरें। जनताले जे अपेक्षा गरेर भोट हालेर जिताउनुभयो, मैले आफ्नो कर्तव्य कति पालना गरेँ, पूरा गरेँ कि गरिनँ त्यसको समग्र मूल्यांकन जनताले गर्नुहुन्छ । जनस्तरबाट राजनीतिक दलभन्दा माथि उठेर समग्र विकासलाई ध्यानमा राखेर एकचोटि तपाईंलाई यहाँबाट जाने छुट छैन भन्ने पनि छ ।

    मल्लका अनुसार ः निर्वाचनमा कुनै पनि दललाई छनौट गर्ने धेरै आधार हुन्छन् तर मुख्य आधार उसले अघिल्लो निर्वाचनमा पाएको जिम्मेवारी र आफ्नो संबैधानिक दायित्वलाई कसरी पुरा ग¥यो भन्ने मुल्याङ्कन हुनपर्छ । २०७४ मा भएको स्थानीय सरकारको निर्वाचनदेखि २०७९ को यो निर्वाचनसम्म आइपुग्दाको पाँच वर्षको अवधिमा हिमाली गाउँपालिकाको वास्तविक अवस्था कुन ठाउँमा थियो र कसरी यहाँसम्म आइपुगेको छ । यसवीचमा कुन पार्टीले कस्तो भूमिका निर्वाह ग¥यो भन्ने वस्तुनिष्ठ विश्लेषण गर्न सकियो भने मात्र हामीले मतदानको सही निर्णय गरेर मुलुकलाई समुन्नति र विकासको बाटोमा अगाडि बढाउन सक्दछौँ भने हामीले अवसरको रुपमा पाँच वर्षमित्र गरेका मुख्य कार्यहरु तपशिल अनुसार रहेको स्मरण गराउन चाहन्छौ ।


     हिमाली गाउँपालिका वडा नं. ४,५,६ र ७ का बस्तीहरुलाई सडक सञ्जालमा जोडेका छौँ ।
     हिमाली गउाँपालिका वडा नं. ७ बाँधु वडा नं. ६ को पाँडी र वडा नं. ५ को कुवाडीमा जलविधुत आयोजना सम्पन्न गरी सबै घरघरमा बत्ती बाल्ने काम सुरु गरेका छौँ ।
     हिमाली गाउँपालिकाका ७ वटै वडाहरुमा ९ वटा थप स्वास्थ्य चौकी स्थापना तथा संचालन गरेका छौँ ।
     धिम गाउँ लगायतका बस्तीहरुमा ठूला खानेपानी आयोजनाका कार्यहरु सम्पन्न गरी नागरिकहरुलाई खानेपानीको पुहुचमा पु¥याएका छौँ ।
     स्वास्थ्य सेवा, शिक्षा सेवा र अन्य सेवा प्रदायक क्षेत्रमा २५० जना भन्दा बढी युवाहरुलाई रोजगारी प्रदान गरेका छौँ ।
     खाद्य सुरक्षासँग वृक्षारोपण कार्यक्रम संचालन गरी ८० हजार भन्दा बढी फलफुल र वनस्पतीका विरुवाहरु वितरण गरी विरुवा रोपे वाफत र हुकार्य वाफत चामल वितरण गरेका छौँ ।
     औधोगिक ग्राम स्वीकृत गराई उद्योग मन्त्रालयसँग सम्झौता गराएका छौँ ।
     विद्यालयका भवन तथा संरचना निमार्ण तथा स्वयमं सेवक शिक्षक नियुक्तिको कार्य सम्पन्न गराएका छौँ ।
     धिमपाँडीहुदै बुढिनन्दा तालसम्मको प¥यटकिय सडक निमार्ण कार्य सुरु गरेका छौँ ।
     गाउँपालिकाले आफ्नो प्रशासकीय भवनबाट सेवा सुचारु गराएका छौँ ।
     झिनि, झुगलाकाडाँडा द्धन् र घन् सहित टेलिकम टावर निमार्ण गराएका छौँ ।
     गाउँपालिकाभित्रको धेरै जसो बस्तीहरुका सामान्य जनजिवनसँग सम्बन्धित समस्या समाधान गर्नका लागि सयौ बाटोहरु, पुलहरु, सिचाई कूलो निमार्ण, मठमन्दीर निमार्ण, घेरवार, विद्यालय भवन निमार्ण, सार्वजनिक भवन निमार्ण, संस्थागत सौर्य उर्जा , घरेलु सौर्य उर्जा वितरण, फलामे चुलो वितरण, कृषि तर्फ विउ लगायत पशु तर्फ भेडाबाख्रा पालन, कुखुरा पालन, उन्नत जातका खशीबोका, राँगा वितरण अन्य अनगिन्ती योजनाहरु निमार्ण गरी जनताहरुलाई राहत महशुस गराइरहेका छौँ ।
     ६५ वर्ष भन्दामाथि, ग र घ वर्गका अपाङ्गभएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ताको वितरण सुरु गरेका छौँ ।
     विच्छयाँ प्रहरी चौकी पूनः स्थापना गराई कुवाडि अस्थायी प्रहरी चौकीलाई स्वीकृत गराएका छौँ ।
     धुलाचौरमा रहेको भवानी माध्यामिक विद्यालयलाई क्भ्भ् परीक्षा केन्द्र स्थापना गराएका छौँ ।
     २०० जना भन्दा बढीलाई सिलाइकटाई , सिकर्मी, डकर्मी, व्यवसायिक जडिबुटी सम्बन्धी तालिम तथा केतुके उद्योग संचालन गराई रोजगारीको सृजना गराएका छौँ ।
     एम्बुलेन्स सेवा विस्तार र १० शौयाको अस्पताल निमार्ण कार्य सुरु गरेका छौँ ।
    यस्तै हजारौँ कामहरु जो प्रत्यक्ष नागरिकको जिवन निर्वाहसँग सम्बन्धीत योजना कार्यक्रम मार्फत हिमाली गाउँपालिकाको विकास र परिवर्तनको यात्रा सुरु गरेको हामीलाई महुशुस भएको छ ।

  • १८ बैशाख २०७९, आईतवार ०८:३३ प्रकाशित

  • Nabintech