चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहाल १० हजार मत अन्तरले अगाडि

  • नमस्ते कर्णाली

  • चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १० हजार मतको अग्रता लिएकी छन् ।

    उनले ४४ हजार ३०५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत पाएका छन् ।

    विजयभन्दा रेनु १० हजार १२६ मत अन्तरले अगाडि छिन् । रेनु र जगन्नाथबीच ३० हजार ७९० मतको अन्तर छ ।

     

  • ९ जेष्ठ २०७९, सोमबार ११:४६ प्रकाशित

  • Nabintech