अदानचुली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षद्वारा पदभार ग्रहण

  • नमस्ते कर्णाली

  • हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाका नबनिर्वाचित अध्यक्ष मोहन बिक्रम सिह र उपाध्यक्ष कर्ण रोकायाले पदभार ग्रहण गर्नु भएको छ । बैशाख ३० गते सम्पन्न स्थानिय तह निार्वचमा गठबन्धनका साझा उम्बेदवारबाट निर्वाचित सिंह तथा रोकायाले आज पदभार ग्रहण गर्नु भएको हो ।
    शुक्रबार पद तथा गोपनियताको शपथ लिएका अध्यक्ष सिंहले सोमबार पदभार ग्रहण गर्नु भएको हो । गाउँपालिका अध्यक्ष सिंहले पदभार ग्रहण गरे लगत्तै गाउँपालिकामा गरिब, दलित,असाय, बेपत्ता,बिस्तापित, सहिद परिवार,अपाङ्ग, अल्पसंख्य जातीबाट उच्च शिक्षा हासिल गर्नकालागी प्रत्येक वर्ष २० जनालाई छात्रबृद्धीको ब्यावस्था गर्ने निर्णय गर्नु भएको छ ।
    नेपाली कांग्रेसबाट अध्यक्ष पदमा निर्वाचित सिंहले एक हजार ९ सय ६८ मत प्राप्त गरी बिजयी हुनु भएको थियो भने उपाध्यक्ष रोकायाले १९९६ मत प्राप्त गरि बिजय हुनु भएको थियो ।
    गाउपालिका अध्यक्ष सिंहले गाउपालिका उपाध्यक्ष कर्ण रोकाया र ६ वटै वडाका वडा अध्यक्ष सहित वडा सदस्यहरुलाइ पद तथा गोपनियताको सफथ ग्रहण गराउनु भएको थियो ।

     

     

  • ९ जेष्ठ २०७९, सोमबार १६:५१ प्रकाशित

  • Nabintech