हुम्लाको अदानचुली गाउँपालिकामा एकै पटक ५३ जना कर्मचारी माग

  • नमस्ते कर्णाली

  • हुम्लाको अदानचुली गाउँपालिकामा करार कर्मचारीको म्याद नथप्ने निर्णय गरे संगै विभिन्न पदका लागी ५३ जना कर्मचारीको माग गरेको छ ।
    यस भन्दा पहिले गाउँपालिकाले बिभिन्न पदमा करारमा कर्मचारी राखेको थियो । करार म्याद नथप्ने निर्णय गरेको अदानचुलीले विभिन्न १५ पदमा ५३ जना कर्मचारीको दरखास्त आब्हान गरेको गाउँपालिकाले जानकारी दिएको छ । १५ दिनको समय राखेर दरखास्त आब्हान गरेको अदानचुलीले स्वास्थ्यतर्फ अहेब ८ जना, अनमी १० जना माग गरेको छ । त्यसैगरी श्रेणी बिहिन कार्यालय सहयोगि ९, सुइपर २, कृषितर्फको भेटनरी ना.प्रा.स.४, कृर्षिकै ना.प.स्वा.प्रा. प्राविधिकतर्फ ३, ना.प्रा.स. चौथो १, ना.प्रा.स. पाँचा १ पदमा विज्ञापन गरेको छ त्यस्तै सिभिल इन्जीनियर १, सिभिल सवइन्जीनियर ३, सभिल असिष्टेण्ट सवइन्जीनियर ३, कम्प्यूटर अपरेटर १, सहायक प्रशासन चौथोमा ३ र कानूनी सल्लाहकार १ जना विज्ञापन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत टक्कदत्त प्याँकुरेलले जानकारी दिए । साउन २ गतेदेखि नैं पुराना करारका कर्मचारीलाई हाजिर नगर्न भनेर सुचना गरेको थियो ।

  • १० श्रावण २०७९, मंगलवार ०७:५८ प्रकाशित

  • Nabintech