मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचन मिति घोषणा हुने

  • नमस्ते कर्णाली

  • सरकारले आज निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ। बिहीबार १ बजे सिंहदरबारमा बस्ने मन्त्रिपरिषदको नियमित बैठकले निर्वाचनको मिति घोषणा गर्ने तयारी रहेकाे छ ।

    बुधबार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते निर्वाचन गर्ने सहमति गरेको थियो।

    चुनावमा कसरी जाने भनेर छलफल गर्न सत्तारूढ गठबन्धनले भोलिका लागि बैठक बोलाएको छ।

    गठबन्धनलाई निरन्तरता दिने सहमतीसहित सत्तारुढ दलहरुको बैठक भोलि शुक्रबार बिहान साँढे नौं बस्ने निर्णय बैठकमा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

  • १९ श्रावण २०७९, बिहीबार ११:३८ प्रकाशित

  • Nabintech