संविधान दिवसको अवसर पारेर हिमालीमा सरसफाई तथा जनचेतना कार्यक्रम

  • नमस्ते कर्णाली

  • ८औं संविधान दिवसको अवसर पारेर बाजुराको हिमाली गाउँपालिकामा सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । दिवसको अवसरमा हिमाली गाउँपालिका कार्यालय परिसरमा सरसफाई तथा सचेतनामुलक कार्यकम गरिएको थियो ।


    कार्यक्रममा हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले सुन्दर गाँउपालिका बनाउन गाउँपालिका बासी सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।
    हिमाली गाउँपालिकाले आयोजना गरेको सरसफाई कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिका कर्मचारी, गैरसरकारी संस्थाका कर्मचारी , नेपाल प्रहरी, लगायतको सहभागिता रहेको थियो ।

     

  • ३ आश्विन २०७९, सोमबार १४:२४ प्रकाशित

  • Nabintech