नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य दानीको भिरबाट लडेर निधन

  • नमस्ते कर्णाली

  • नेकपा एमाले अदानचुली गाउँपालिकाका हुम्लाका संस्थापक तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य रामबहादुर दानीको आज मंगलवार निधन भएको छ ।
    अदानचुली १ कल्खेको गैरा स्थित घरमा भएका गाईवस्तु चराउन गएका बेला गाउँ नजीकैको भिरबाट लडेर मृत्यु भएको हो ।
    भिरबाट लडेर स्थलगत मृत्यु भएपछि चराउन लिएका गाई वस्तु पाकेको बालीमा छाडा रुपमा गएपछि गाउँभरी दानीले कसरी गाइवस्तु छोडे भनेर चासो भए पछि खाजिको लागी स्थानिय भिर तिर लागेका थिए ।
    गाईवस्तु बारीमा गएपछि उनकी श्रीमती बिउरा दानीले छिमेकी लिएर खोजिमा जान आग्रह गर्नु भएको थियो । बिहान दानी जहाँ देखिएका थिए त्यहि स्थानमा गएर टोलीले खोज्यो । गाउँ माथिको कसडी खोला भन्ने ठाउँमा उनि लडेको माटो धस्कीएको ठाउँबाट हेर्दै जाँदा खोलामा लम्पसार परेका दानीको इहलिला अघि नैं समाप्त भएको स्थानियले जानकारी दिए ।

    खोजिमा गएका ति प्रत्यक्षदर्शीका अनुसार लडेर खोलामा पछारिएपछि दानी यताउता चल्नु भएछ, अन्तमा केहि नलागेपछि टाउँको तल खुट्टा माथि रहेको अवस्थामा श्वाश गएछ ।
    जीवनको अधिकांश समय नेकपा एमालेको राजनीतिक गरेका रामबहादुर दानीलाई हुम्ला जिल्ला कमिटिको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपाति तर्फको उम्मेरदवार बनाउने निर्णय गरेको थियो ।

    नेकपा एमालेको चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट पार्टीको केन्द्रीय सल्लाहकार समितिका निर्वाचित हुनु भएका दानी पुर्व जिल्ला विकास समितिको सदस्यमा निर्वाचित हुनु भएको थियो । लामो समय एमाले राजनीतिक गरेका दानीका पाँच छोरा एक छोरी छन् । पुराना देउडा खेलाडी समेत रहेका दानीलाई एमालेको संस्थापक नेताका रुपमा चिन्ने गरिन्छ ।

  • ११ आश्विन २०७९, मंगलवार २१:०५ प्रकाशित

  • Nabintech