सांसद छक्क बहादुर लामा सहितको टोली एमालेमा प्रवेश

  • नमस्ते कर्णाली

  • नेकपा (माओवादी केन्द्र) का नेता तथा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामा सहितको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् । बालकोटमा अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले लामालाई खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरे । २०७४ सालको निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि वाम गठबन्धनको बागी उठेर सांसद जितेका लामा चुनावपछि तत्कालीन नेकपा हुँदै माओवादीमा फर्किएका थिए ।२०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका लामा जिल्लाका प्रभावशाली र लोकप्रिय नेता मानिन्छन् । उनीसहित कर्णाली प्रदेश कमिटी सदस्य तथा नाम्खा गाउँपालिकाका निबर्तमान अध्यक्ष विष्णु बहादुर लामा,मंगल लामा धुर्व कुमार शाही सहितको टिमलाई एमालेले प्रवेश गरेका हुन ।

  • १७ आश्विन २०७९, सोमबार १२:३० प्रकाशित

  • Nabintech