केही बेरमै नेपाल आइपुग्दै सन्दीप लामिछाने, प्रहरीसमक्ष आत्मसमर्पन गर्ने

  • नमस्ते कर्णाली

  • नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछाने आज नेपाल आइपुग्दैछन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आज बिहान १० बजे कतार एयरवेजबाट विमानस्थल आइपु्ग्ने बताएका छन् ।   सन्दीपले आफूमाथि लागेको गलत कारवाही र आरोपका विरुद्ध छिट्टै कानुनी सहयोग खोज्ने बताए  । साथै र न्याय पाउनेमा विश्वस्त रहेकाे बताउँदै  छिट्टै क्रिकेट मैदानमा फर्केर प्यारो देशको नाम र कीर्तिमान बनाउने बताए ।

    उनले लेखेका छन्,‘तपाईंको समर्थन, विश्वास, विश्वास र तपाईंको आलोचनात्मक टिप्पणीहरू मैले मेरो सम्पत्ति, प्रेरणा र शक्तिको रूपमा लिएको छु। मलाई थाहा छ म षड्यन्त्र र गलत आरोपको कठिन समयको सामना गरिरहेको छु र यसको प्रभावको असर अकल्पनीय कुरा हो। हाम्रो कानुनी प्रणालीमा निर्दोष साबित भएका अभियुक्तहरूलाई क्षतिपूर्ति दिने कुनै संयन्त्र हुनुपर्छ भन्नेमा म विश्वस्त छु। ममाथि लागेको गलत कारवाही र आरोपका विरुद्ध छिट्टै कानुनी सहयोग खोज्नेछु र न्याय पाउनेमा विश्वस्त छु र छिट्टै क्रिकेट मैदानमा फर्केर मेरो प्यारो देशको नाम र कीर्तिमान बनाउनेछु र छिटोभन्दा छिटो न्यायको कामना गर्दछु ।

  • २० आश्विन २०७९, बिहीबार ०९:५१ प्रकाशित

  • Nabintech