मेसीले भने– २०२२ को विश्वकप मेरो लागि अन्तिम

  • नमस्ते कर्णाली

  • विश्वचर्चित फुटबल खेलाडी लियोनल मेसीले आगामी महिना कतारमा हुन लागेको सन् २०२२ को विश्वकप आफ्नो लागि अन्तिम हुने बताएका छन् ।

    स्टार प्लससँगको अन्तर्वार्तामा आफ्नो फुटबल भविष्यबारे पहिलोपटक बोल्दै मेसीले आगामी विश्वकप अन्तिम हुने बताएका हुन् । के यो विश्वकप तपाईंका लागि अन्तिम होला ? भनेर सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘हो, साँच्चै त्यो मेरो अन्तिम हुने छ ।’

    यद्यपि उनले फुटबलबाट सन्यास लिन्छन् कि लिंदैनन् भन्नेबारे भने खुलाएका छैनन् ।

    कतार विश्वकप पछि अर्को विश्वकप चार वर्षपछि हुने छ । त्यो बेलासम्म मेसी ३९ वर्ष पुग्नेछन् । त्यसैले पनि उनले विश्वकप नखेल्ने भनेको हुनसक्ने अनुमान धेरैको छ ।

    अहिलेसम्म आफूले शारीरिक रुपमा राम्रो महसुस गरिरहेको उनले बताएका छन् । ‘म चोटग्रस्त भएर फर्किएको छु, अहिले राम्रो महसुस भइरहेको छ,’ उनले भनेका छन्, ‘अहिले वर्ल्ड कपको दिन गनिरहेको छु ।’

    मेसीको कप्तानीमा अर्जेन्टिनाले लगातार ३५ म्याचमा जित हासिल गरेको छ । अर्जेन्टिनाले सन् २०२१ को कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिललाई समेत हराएको थियो ।

    विश्वकपबारे उनले थप भनेका छन्, ‘विश्वकपमा जे पनि हुनसक्छ । सबै खेल गाह्रो हुन्छन् । आफूलाई मन परेको टिमले जित्ने कुनै ग्यारेन्टी हुँदैन । मलाई पनि थाहा छैन हामी पनि मन पराइन्छौं कि पराइँदैनौं तर अर्जेन्टिना आफ्नो इतिहासका कारण सधैं एक दाबेदार भने रहन्छ ।’

    onlinekhabar

  • २१ आश्विन २०७९, शुक्रबार ११:५३ प्रकाशित

  • Nabintech