हुम्लाको चंखेलीमा घर भत्किँदा एकको मृत्यु, ६ बेपत्ता

  • नमस्ते कर्णाली

  • हुम्लाको चंखेली गाउँपालिकास्थित वडा नम्बर ६ मेलथाम गाउँमा घर भत्किँदा एकजनाको मृत्यु भएको छ भने ६ जना पुरिएका छन्। आइतबार बेलुका ७ बजेतिर घटेको घटनामा घरभित्रै पुरिएकाहरूको कुनै जानकारी नआएको मेलथाम प्रहरीले जनाएको छ।

    भत्किएको घर स्थानीय देउते कामीको रहेको जानकारी प्राप्त भएको छ। देउतेको परिवारमा रहेका ९ जनामध्ये २ जनालाई घाइते अवस्थामा उद्धार गरिएको र एक बालकको शव फेला परेको प्रहरीले जनाएको छ भने अरू सबैको अवस्था अज्ञात छ। nayapatrokadaily

  • २३ आश्विन २०७९, आईतवार २१:०३ प्रकाशित

  • Nabintech