राप्रपा जन सम्पर्क बिभाग प्रमुख शाहीद्वारा सुर्खेत–२ बाट मनोनयन दर्ता

  • नमस्ते कर्णाली

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा जन सम्पर्क विभाग प्रमुख भिम बहादुर शाहीले सुर्खेत क्षेत्र नं. २ वाट मा प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् । राप्रपाबाट उम्मेदवार शाहीले आइतबार मनोनयन दर्ता गराएका हुन् ।
    बाँके क्षेत्र नं. १ वाट प्रतिनिधि सभा सदस्य उमेदवारी छाडेर शाहीले एकाएक सुर्खेत क्षेत्र नं. २ वाट प्रतिनिधि सभा सदस्य मा उमेदवारी दर्ता गराएका छन ।

    भ्रष्टाचार विरोधि पुर्व अभियान्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी का केन्द्रीय सदस्य र जन सम्पर्क विभाग प्रमुख भिम बहादुर शाहीको बाँके क्षेत्र नं. १ वाट प्रतिनिधि सभा सदस्य का लागि सिफारिस भएका थिए । तर एमाले संग भएको साँकेतिक तालमेलका कारण पार्टी महामन्त्री डा धवल शम्शेर राणा विरुद्ध एमालेले उमेदवार नउठाएपछि बाँके क्षेत्र नं.१ र ३ मा राप्रपा ले उमेदवारी नउठाउने भएकै कारण शाहीले सुर्खेत क्षेत्र नं. २ वाट प्रतिनिधि सभा सदस्यमा उमेदवारी दिएका हुन् ।
    राप्रपा सुर्खेतले आफ्ना उमेदवारको रुपमा क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यमा भिम बहादुर शाही, क्षेत्र नं.२ क प्रदेश सभा सदस्यमा सुर्य बहादुर खत्री र क्षेत्र नं. २ प्रदेश सभा सदस्य ख बाट कर्ण रेगामीलाई आज २३ गते ३ः३० वजे नै पार्टीका सम्पूर्ण नेता कार्यकर्ता सहित उमेदवारी दर्ता गराएको शाहीले नमस्ते कर्णाली पत्रिकालाई जानकारी दिए । अब प्रतिस्प्रधा एमालेका उमेदवार अमृत वि.सी. र गठवन्धन का उमेदवार हृदय राम थानीसंग शाहीको प्रतिस्प्रधा हुनेछ ।

  • २३ आश्विन २०७९, आईतवार २१:३७ प्रकाशित

  • Nabintech