कालीकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता

  • नमस्ते कर्णाली

  • कालीकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता भएका छन् ।  तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् ।

    शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् ।

    १५ जना बेपत्ता भएको खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

    ‘१४–१५ जना बेपत्ता भएको भनेर गाउँलेले खबर गरेपछि गएको प्रहरी घटनास्थलमा पुगेको छ,’ शर्माले भने, ‘प्रहरीले घटनाबारे बुझ्ने काम गरिरहेको छ र थप विवरण आउन बाँकी छ ।’

  • २४ आश्विन २०७९, सोमबार ११:१६ प्रकाशित

  • Nabintech