हुम्लाको ताँजाकोटमा रहेको जनप्रकाश माबिको दुई तले भवन पहिरोले पुर्ण रुपमा क्षेति

पहिरोले भवनमा रहेका अफिस कोठा, बालबिकास कोठा, कम्प्युटर कोठा, एस.ई.ई र कक्षा ८ का मार्कसिट तथा स्कुलका लालपुर्जा र अन्य डकुमेन्टहरु बगाएको छ ।


  • नमस्ते कर्णाली

  • हुम्ला जिल्लाको ताजाकोट गाउँपालिका वडा नं १ काडागाउ मा रहेको जनप्रकाश माबिको दुई तले भवन अविरल बर्षाका कारण पहिरोले भत्तकिएको छ ।केहि दिनको लगातार परेको अविरल बर्षाका कारण माथी डिलगडा भन्ने ठाउँबाट पहिरो आयर बिधालयको अफिस कोठा, बालबिकास कोठा, कम्प्युटर कोठा, शिक्षक कोठा र अन्य ६ वटा कक्षा कोठा समेत क्षेती गरेको बिद्यालयका प्रअ दलपति खड्काले नमस्ते कर्णाली पत्रिका लाई जानकारी दिए ।

    बिधालयको भौतिक, शैक्षिक सामाग्री सबै पहिरोमा पुरी नाम निसान समेत नरहेको बताए । कर्णाली प्रदेश सामाजिक मन्त्रालय , ताजाकोट गाउँपालिका, वडाको सहयोगबाट सो भवन बनेका थियो । बिद्यालय भवन पहिरोले क्षेती गरेपछि पठन पाठन गर्न कठिन हुने बिद्यालय प्रशाशनले बताएको छ । बिद्यालयमा रहेका महत्वपुर्ण कागजातहरु एस ई ई र कक्षा ८ का मार्कसिट तथा स्कुलका लालपुर्जा र अन्य डकुमेन्ट समेत पहिरोले छोपेको बताईएको छ । सो बिद्यालय संघिय तथा प्रदेश सभाको चुनाबको बुद केन्द्र समेत रहेको थियो ।

     

  • २४ आश्विन २०७९, सोमबार २१:५३ प्रकाशित

  • Nabintech