आगलागि पिडितलाई डाईनामिक युवा क्ल्ब द्धारा राहत बितरण

  • नमस्ते कर्णाली

  • कोहलपुर ३ बिकास नगरमा आगलागी पिडितलाई डाईनामिक युवा क्ल्ब कोहलपुर बाकेका युवा द्वारा राहत बितरण गरेको छ ।
    गयराती कोहलपुर ३ का तुल बहादुर बुढाको घरमा विद्युतको तार सट भएर आगलागि भएको थियो आगलागि बाट घर पुर्ण रुपमा क्षती हुनुका साथै उक्त घरमा भाडामा बस्दै आएकी गिता परियारको सम्पुर्ण सामान जलेर नस्ट भएको थियो । आज शुक्रवार डाईनामिक युवा क्ल्बले देउसी भैलो बाट संकलन भएको रकम बाट भाडामा बस्दै आएकी पिडित गिता परियारलाई राहत सामाग्री बितरण गरेको क्ल्बको सचिव कल्पना कार्कीले नमस्ते कर्णाली पत्रिकालाई जानकारी दिनु भएको छ ।

    कोहलपुर नगरपालिका ३ का वडा अध्यक्ष माधब रिजालले द्धारा शिरक डसना खाद्यान्न सामाग्री हस्तान्तरनण गरिएको हो । हस्तान्तरण कार्यक्रम बोल्दै वडा अध्यक्ष माधब रिजालले बिपतको घडिमा डाइनामिक युवा क्ल्ब अग्रसर रहदै आएको र भैलो खेलेर संकलन गरिएको रकमलाई यसरी पिडितलाई सहयोग गरेकोमा धन्यवाद दिदै वडा सरकार सधै साथमा रहेको र अब बिपतको घडिमा सबैले जति सकिन्छ आफ्नो आफ्नो तर्फबाट सहयोग गर्न अपिल समेत गर्नु भएको छ ।

    साथी भाइमा रमाइलो गर्ने उदेश्यले खेलिएको भैलो बाट थोरै मात्रामा संकलन गरेको रकम भए पनि आगलागि पिडितलाई सहयोग गरिएको क्ल्बमा पुर्ब अध्यक्ष पदम नारायण श्रेष्ठले बाताउनु भयो । त्यस्तै आगामी दिनमा वडामा भएका हरेक क्रियाकलापमा युवाहरु सकृय रुपमा सहभागी जनाई आपत बिपत लगायतका हरेक गतिविधिमा अगाडी बढ्ने डाईनामिक युवा क्ल्बका अध्यक्ष भुवन भट्टराईले बताउनु भयो । राहत बितरण कार्यक्रममा कोहलपुर नगरपालिका वडा नम्बर ३ वडा सदस्य हरिलाल जैसी स्थानीय युवाहरु लगायत वडा बासीहरुको सहभागीता रहेको क्ल्बको सचिव कल्पना कार्कीले जानकारी दिनु भयो ।

  • ११ कार्तिक २०७९, शुक्रबार १९:५१ प्रकाशित

  • Nabintech