कोहलपुर खानेपानी संस्थाको विस्तृत सर्भे डिजाइन प्रतिवेदन सम्वन्धी बहु पक्षिय छलफल कार्यक्रम सम्पन्न

  • नमस्ते कर्णाली

  • कोहलपुर बृहत शहरी खानेपानी तथा उपभोक्ता संस्था कोहलपुर नगरपालिका वडा नं १ कौशिलानगर स्थित नयाँ आयोजनाको विस्तृत सर्भे डिजाईन प्रतिवेदन सम्वन्धीत बहु पक्षीय छलफल कार्याक्रम मंगलबार सम्पन्न भएको छ ।

    संस्थाका अध्यक्ष नर बहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको कार्याक्रममा प्रमुख अतिथि कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुबेदी बिशिष्ट अथिथि, शहरी खानेपानी व्यबस्थापन क्षेत्रीय आयोजना कार्यालय प्रमुख संजिव कुमार शाह , बिशेष अतिथि इटेको नेपाल कन्सल्टेण्डका प्रमुख हरि प्रसाद ढकाल लगाएतको उपस्थितिमा सो कार्याक्रम सम्पन्न भएको हो । कोहलपुरको वृहत विकासका लागी स्वच्छ पानी स्वस्थ जिन्दगानी को मुल मन्त्रलाई आत्मसाथ गर्दै बिगत २० बर्ष देखि कोहलपुरका नागरीकलाई स्वच्छ खानेपानीको अभाव सिर्जना हुन नदिन अनवरत रुपमा लागी परेको सस्थाका अध्यक्ष नर बहादुर मल्लले  बताउनु भयो ।

    कोहलपुरमा स्वच्छ खानेपानी खुवाउने खानेपानी संस्थाको मात्र नभएर कोहलपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिको समेत कर्तव्य रहेको कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले बताउनु भयो । साथै कोहलपुर खानेपानीको बृहत्तर विकासमा समर्थन र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । कोहलपुर खानेपानीको लागी २ बिगाह जमिन र ४५,०००० लिटर ओभर ट्याकीको सफलता पुर्वक सम्पन्न पश्चात तेस्रो वृहत आयोजना कोहलपुर वडा नं १ स्थित कौशिलानगर हाल आर्मी क्याम्पको १८ कट्ठा जमिनमा तेस्रो खानेपानीको ओभर ट्याङकी निर्माणको DPR काे  लागी बहुपक्षिय छलफल राखिएको समेत अध्यक्ष मल्लले नमस्ते कर्णाली लाई बताउनु भयो । साथै यस कार्यको शुभारम्भ पश्चात भेरी डाइभर्सनको पानी बबई हुदै सुरुङ मार्फत बाँके जिल्लाको हरेक घरघरमा स्वच्छ खानेपानी पु¥याउने योजना रहेको समेत बताउनु भयो ।

  • २२ कार्तिक २०७९, मंगलवार २०:३२ प्रकाशित

  • Nabintech