हुरेन्डेक नेपाल द्धारा हुम्लाको अदानचुुलीमा पत्रकार संग एक दिने कार्यशाला गोष्ठी सम्पन्न

  • अशाेक भण्डारी

  • ग्रामिण हिमाली क्षेत्रमा दिगो दिगो जिविकोपार्जन तथा जैविक विविधता संरक्षण शुलभ परीयोजना सम्बन्धी स्थानिय पत्रकार तथा संचार कर्मीहरु संग एक दिने कार्यशाला गोष्ठी हुम्लाको अदानचुलीमा सम्पन्न भएको छ । ग्रामीण हिमाली क्षेत्रमा दिगो जिविकोपार्जन तथा जैबिक विविधता संरक्षण (शुलभ ) परियोजनाको समन्वयमा हुम्लाको दक्षिणी भेगमा रहेका पत्रकारहरु संग एक दिने गोष्ठी गरेको हो । RPUDP हुम्लाको आयोजना, टि.डि.एच ,बि.एम,जेड जर्मनीको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण बिकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको प्राविधीक सहयोगमा वातावरण संरक्षण तथा बिविध बिषय बस्तुमा समाचार सम्प्रेषण बिषयमा छलफल भएको थियो ।


    कार्यक्रममा बोल्दै शुलभ परियोजनाका कार्यक्रम हुम्ला संयोजक लोकेन्द्र शाहीले वातावरण संरक्षणमा पत्रकारहरुको पनि महत्वपूर्ण भुमिका रहने भएकाले पत्रकारहरुका कलम जैविक विविधता र वातावरण संरक्षणका बिषयमा चल्नु पर्ने बताउनु भयो । हाल हुम्लाको अदानचुली गाउँपालिका अन्र्तरगत ४,५,६ वडामा लागु भएको बताउदै आफुले गरेका कामहरुको बारेका सो कार्यक्रमा आफ्नो प्रस्तुती राख्नु भएको थियो । दिगो बिकासका लागी गरीवीको अन्त्य,भोकमरीको अन्त्य, स्वास्थ्य तथा समृद्ध जीवन साथै गुणस्तरिय शिक्षा, लागी प्रमुख लक्ष्य रहेको बताउनु भयो । साथै स्वच्छ पिउने पानी तथा सरसफाईमा दिगो विकासका लागी लक्ष्य रहेको समेत बताउनु भयो । वातावरण सम्बन्धी जनचेतना अभिवृद्धि, बाढी ,पहिरो नियन्त्रणका क्रियाकलाप संचालन गर्ने,समुदायमा वैकल्पिक जीविकोपार्जनका उपायहरुको खोजी गर्ने, जैविक विविधता संरक्षणका साथसाथै बाली लगाउने ढाँचामा परिवर्तन गर्ने तथा मिलिजुली खेती जस्ता परिवर्तित जलवायु संग अनुकुलन हुन सक्ने बाली प्रणालीको अवलम्बन गर्ने जस्ता कार्यहरु गर्ने बताउनु भयो ।
    साथै शाहीले पत्रकार राज्यको चौथो अंङग भएकाले दिगो जिविको पार्जन तथा जैविक विविधता र वातावरण संरक्षणका क्षेत्रमा पनि पत्रकारीता गर्न सम्पुर्ण पत्रकारहरुलाई आग्रह गर्नु भयो ।
    १ दिने पत्रकारीता सम्बन्धिको कार्यशाला गोष्ठीमा हुरेन्डेक नेपाल हुम्ला संयोजक लोकेन्द्र शाही, लेखापाल सन्देश ऐडी,जेटीए छत्त बुढा,सामाजिक परिचालक अम्बीका कुमारी सिंह को उपस्थितिमा सो गोष्ठि सम्पन्न भएको थियो । साथै सञ्चार माध्यमबाट नमस्ते कर्णाली पत्रिका, रेडियो श्रीनगर एफ.एमका कार्यरत पत्रकारहरु तथा अदानचुली गाउँपालिकाका कार्यरत कर्मचारीको समेत सहभागीता रहेको थियो ।

  • १६ मंसिर २०७९, शुक्रबार १०:५७ प्रकाशित

  • Nabintech