पञ्जिकरण शाखा अदानचुली द्धारा घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखिकरण सम्पन्न

  • अशाेक भण्डारी

  • अदानचुली गाउँपालिका पंञ्जिकरण शाखाको आयोजनामा सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सम्बन्धी अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष ,वडा सचिब, तथा वडा सहायक कम्प्युटर अपरेटरका लागी सो कार्यक्रम भएको हो । नि.प्रमुख प्रशासकिय अधिकृत हंश महताराको सभापतित्व तथा का.बा अध्यक्ष डिल बहादुर फडेराको प्रमुख आतिथ्य वडा नं ४ का वडा अध्यक्ष मनऋषि पाण्डे वडा नं ५ का वडा अध्यक्ष कमल छत्याल, वडा नं ६ का वडा अध्यक्ष बृख बुढा तथा का.बा वडा अध्यक्ष कल बहादुर महतारा नन्द बुढा तथा कार्यपालिका सदस्य, वडा सदस्य, लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखिकरण कार्यक्रममा व्यक्तिगत घटना तर्फ पञ्जिकरण कार्यक्रम सम्बन्धी व्यवस्था,पञ्जिकरणको परिचय र महत्व,पञ्जिकाधिकारी सम्बन्धी व्यबस्था, व्यक्तिगत घटना दर्ता सुचना प्रणाली,व्यक्तिगत घटना दर्ताका सुचक सम्बन्धमा,जन्म,मृत्यु,बिबहा,बसाईसराई,सम्बन्ध विच्छेत सम्बन्धी विशेष व्यबस्था, कसुर र सजायको सम्बन्धमा अभिमुखिकरण तालिकामा छलफल गरिएको थियो । त्यस्तै सामाजिक सुरक्षा भत्ता सम्बन्धी सामाजिक सुरक्षा उदेश्यहरु,लक्षित समुह र मासिक भत्ता दर सम्बन्धी, लाभग्राही सुचीकृत हुने व्यवस्था, सामाजिक सुरक्षा भत्ता नपाउने व्यबस्था,नविकरण सम्बन्धी व्यवस्था,भत्ता भुक्तानी सम्बन्धी व्यबस्था, लगत अध्यावधिक गर्ने अबस्था,विवरण सार्वजनिक गर्ने अवस्था लगाएतको बिषयमा सो अभिमुखिकरण कार्यक्रम दिईएको पञ्जिकरण शाखा प्रमुख अशोक भण्डारीले नमस्ते कर्णाली पत्रिकालाई जानकारी दिनुभयो । साथै सामाजिक सुरक्षा तथा पञ्जिकरण तर्फ कार्यक्रम कार्यान्वयनमा स्थानियतहको भुमिका साथै समस्या र चुनौतीका बिषयमा पनि अभिमुखिकरण जानकारी गराईएको थियो । व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षालाई व्यवस्थित गर्न यस्ता अभिमुखिकरण कार्यक्रमले धेरै टेवा पु¥याउने बताउनु भयो । साथै घटना दर्ता गर्दा निति र नियममा रहेर काम गर्नु पर्नेमा जोड दिनु भयो । यस्तै वडा नं ५ का वडा अध्यक्ष कमल छत्यालले सामाजिक सुरक्षा भत्ता निकासामा निकै समस्या र चुनौति रहेको बताउनु भयो । पुराना व्यक्तिगत बिवरण अपुरा तथा गलत भएका कारण अहिले लाभग्राहिहरु लाई सामाजिक सुरक्षा भत्ता निकासा गर्न निकै समस्या भएको बताउदै यदि व्यक्तिगत विबरणहरु गलत अपुरा भएको खण्डमा वडाको सिफारिस र पञ्जिकरण शाखाले बिवरणलाई सच्याएर बैकमा पठाएमा बैकले सहज रुपमा भुक्तानि गर्नु पर्ने बताउनु भयो ।

    कार्यक्रमका प्रमुख अतिथि तथा अदानचुली गाउँपालिका का.बा अध्यक्ष डिल बहादुर फडेराले अब गाउँपालिकामा स्थाई कर्मचारी आउने क्रम जारी रहेकोले अब सहज रुपमा काम हुने बताउनु भयो । अहिले सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता गर्नको लागी १,२,३ वडाको लागी १ जना नायब सुब्बा (वडा सचिब) र ४,५,६का लागी लागी १ जना नायब सुब्बा (वडा सचिब) आएको हुनाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी काम गर्न सहज हुने बताउनु भयो । अहिले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी काम दर्ता पञ्जिकरण शाखाले नै गरेकामा अब यो अभिमुखिकरण तालिम तथा एम आई एस सिस्टम तालिम पछि वडा कार्यालयबाटै नै काम कार्य गर्ने बताउनु भयो । यस्तै कार्यक्रमका सभापति तथा नि.प्रमुख प्रसासकिय अधिकृत हशं महताराले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा लाई सम्पुर्ण वडामा चुस्त दुस्त बनाउदै लानु पर्ने बताउदै लानु पर्ने बताउनु भयो । पञ्जिकरण शाखाले वडा सचिबको अभावले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी सम्पुर्ण कामहरु शाखाले नै गरिरहेको जानकारी दिएको छ । केहि दिनमै एम.आई.एस सिस्टम सम्बन्धी वडा सचिबलाई तालिम दिएर वडा कार्यालयबाट नै काम सुरुवात गर्ने शाखाले जानकारी दिएको छ ।

    सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी MiS System  कार्य सुभारम्भ,दर्ता शिबिर कार्यक्रम सम्पन्न,घटना दर्ता किताब डिजिटाईजेशन,गुनासो सुनाई समिति गठन,सामाजिक सुरक्षाका व्यक्तिगत बिवरण डाटा संसोधन, ,वडा कार्यलयका सहायक कम्प्युटर अपरेटरका लागी अभिमुखिकरण तालिम प्रदान,गाउँपालिका सम्पुर्ण वडामा व्यक्तिगत घटना दर्ता अनलाईन प्रणालीबाट सुरु भएको , सामाजिक सुरक्षा भत्तालाई बैकिङ्ग प्रणाीमा सुरुवात, घटना दर्तालाई घटना घटेको ३५ दिनमा दर्ता गर्ने संख्या बढाएको , घटना दर्ता गरिसके पछि लाग्ने शुल्कलाई निरन्तरता , सबै व्यक्तिगत घटना दर्ता गरौ भन्ने अभियान तथा घटना दर्ता दशक सन २०१५ देखि २०२४ सफल पार्ने अभियानमा निरन्तर लागीपरेको । बिभागबाट प्राप्त पत्रलाई वडा स्तरमा परिपत्र गर्ने काम, सुचना तथा संचार सामाग्री प्रशारण तथा छपाई गर्ने कार्य, चौमासिक रुपमा नियमित रुपमा प्रतिबेदन बिभागमा पठाएको, सामाजिक सुरक्षाका लाभग्राहीहरुको नबिकरण रुजु लगत कट्टा बिवरण सच्याउने लगायतका कार्यहरुको शाखाले गरेको अदानचुली गाउँपालिका पञ्जिकरण शाखाले जानकारी दिएको छ । अभिमुखिकरण कार्यक्रमको अबसरमा नयाँ आउने कर्मचारी तथा वडा सचिबहरु लाई शाखाले स्वागत कार्यक्रम समेत गरेको थियो ।

  • २९ मंसिर २०७९, बिहीबार १३:३४ प्रकाशित

  • Nabintech