बालकोट पुगे प्रचण्ड , राई र लामिछाने पनि सहभागी

  • नमस्ते कर्णाली

  • सत्तागठबन्धनमा सहमति नजुटेपछि बालुवाटार बैठक छाडेर हिँडेका माओवादी अध्यक्ष प्रचण्ड बालकोट पुगेका छन्। कांग्रेस पहिलो कार्यकाल प्रधानमन्त्री छाड्न तयार नभएपछि प्रचण्ड केपी ओली निवास बालकोट पुगेका हुन्।

    दुई नेताबीचको छलफल सुरु भएको छ। छलफलमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल तथा माओवादी केन्द्रका महासचिव देव गुरुङ सहभागी छन्। बैठकमा जनता समाजवादी पार्टीका अशोक राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी छन्।

  • १० पुष २०७९, आईतवार १४:२३ प्रकाशित

  • Nabintech