मन्त्रालयको भागवण्डा टुंगिए एमालेबाट ६ मन्त्रीले आजै सपथ लिने

  • नमस्ते कर्णाली

  • नेकपा एमालेले पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुबीच छलफल चलिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथसँगै सानो आकारको मन्त्री मण्डल आजै गठन गर्ने सहमति अनुसार पार्टीबाट सरकारमा पठाउने मन्त्रीहरुबारे छलफल गर्न अध्यक्ष ओलीले नेताहरुलाई बालकोट बोलाएका हुन ।

    छलफलका लागि एमालेका महासचिव सहितका पदाधिकारीहरू बालकोटमा पुगेका छन । मन्त्रालयको भागवण्डा मिलेमा एमालेबाट आजै ६ जना मन्त्रीले सपथ लिनेछन । ६ जनाको नामको सूची अध्यक्ष ओलीले तयार गरिसकेको बालकोट स्रोतले जनाएको छ । एमालेबाट विष्णु पौडेल वा सुवाचन्द्र नेम्वाङ कसले सरकारमा पार्टीको नेतृत्व गर्ने भन्ने विषयमा छलफल चलिरहेको बुझिएको छ ।

    अन्यमा देवराज घिमिरे, रघुवीर महासेठ, कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोटा, टोपबहादुर रायमाझी, पदम गिरी र विद्या भट्टराई लगायतको नाम पहिलो चरणमा मन्त्रीका लागि जाने सम्भावना रहेको छ । यसैबीच सात दलीय सत्ता गठबन्धनमा पावर शेयरिङबारे छलफल गर्न ११ बजे बैठक बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा दलहरुबीच शक्ति बाँडफाँडबारे छलफल गरेर कम्तीमा सात जनाको मन्त्रीमण्डल आजै गठन गर्ने तयारी गरिएको छ ।from dainki

  • ११ पुष २०७९, सोमबार १०:५९ प्रकाशित

  • Nabintech