नेपालगन्ज राझामा डेउडा सस्कृति कार्यक्रम मनाउदै

  • उमेश रोकाया

  • बाँके- नेपालगन्ज राझामा डेउडा सस्कृति कार्यक्रम मनाउदै गरिएको बताएको छ।

    हाम्रो सस्कृतिको सरक्षण गर्दै डेउडा सस्कृति लगाएत विभिन्न कला सभ्यताको चिनारी लाई जोगाउनु देउडा कार्यक्रम गरिएको हो। हामीले बिगत लामो समय देखि नेपालगन्जको राझा एयरपोर्टमा कार्यक्रमको आयोजना गर्दै आएको पनि आयोजकले बताए । पौष १५ लाई हाम्रो सुदुर तथा मध्यपश्चिम क्षेत्रमा विशेष रुपमा मनाउने भएकाले पुष महिनामा पनि भब्य र सभ्य मनाएकाछौ। बाके

    बाके जिल्ला शुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशको मुल थलो भएको र यहाँ थुप्रै मानिसहरु आवातजावत गरिरहने हुदा हाम्रो ध्यान देउडा सस्कृति तिर केन्द्रित गराउन उदेश्य रहेको हो। हामिले प्रत्यक महिनाको १५ गते सधै देउडा कार्यक्रम गर्ने निर्णय पनि गरेका छौ। भने पौष १५ गते दिन अवसर पारी नेपालगन्ज राझामा डेउडा खेल भव्य रूपमा खेलिएको थियो पवनराज उपाध्यायले बताउनु भएको छ।

    बाजुरा जिल्लाका चर्चित पुरुष खेलाडी दिपचन्द्र उपाध्याय र चर्चित महिला खेलाडी तिर्था खत्री बिच घम्सा घम्सि प्रतिस्पर्धा भएको थियो। भने जुम्लाका सर्जन बुढा क्षेत्री, अछामका गोबिन्द्र बहादुर अधिकारी, हुम्लाका जीवन छत्याल लगायत खेलाडीहरु खेललाइ रोमाञ्चक बनाउनु खेलाडी ठुलो भुमिका रहेकोे थियो।

    उक्त देउडा खेलमा कार्यक्रममा १ हजार भन्दा बढीको दर्शक उपस्थिति देउडा कार्यक्रम भएको आयोजक पवनराज उपाध्यायले बताएका छ्न। देउडा सस्कृति कार्यक्रम लाई सभ्य र भव्य रूपमा मनाउन आयोजक पवनराज उपाध्याय र खगेन्द्र न्यौपानेको मुख्य सक्रियतामा कार्यक्रम संचालन गरिएको बताएको छ।

  • १७ पुष २०७९, आईतवार ०७:०८ प्रकाशित

  • Nabintech